बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

नेत्रज्योति संघ गुल्मीको सभापतिमा पाण्डे

शनिबार, ३० वैशाख २०८०, २१ : ०६
शनिबार, ३० वैशाख २०८०

गुल्मी । नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र गुल्मीको सभापतिमा अखिलेश्वर प्रसाद पाण्डे निर्वाचित भएका छन् । शनिबार सदरमुकाम तम्घासमा सम्पन्न २६ औं जिल्ला सभा तथा अधिवेशनबाट पाण्डे निर्विरोध सभापतिमा निर्वाचित भएका हुन् । 

अधिवशेनबाट सदस्यहरुमा राजेन्द्रप्रसाद श्रेष्ठ, कृष्णप्रसाद पोखरेल, पार्वता थापा, विष्णु कुमारी सापकोटा, बिनोद पाण्डेय, फर्शुराम पाण्डेय, वीरेन्द्र भुसाल, उमा पाण्डेय, पदम प्रसाद पाण्डेय, नरेन्द्र पाण्डे, हरि प्रसाद पाण्डेय, दुर्गाप्रसाद पाण्डेय निर्वाचित भएका छन्  । 
आज भएको अधिवशेनबाट एक जना सभापति तथा १२ सदस्य सहित १३ जनाको कार्य समिति निर्वाचित भएको हो ।

निर्वाचित कार्य समितिको पहिलो बैठकले मनिराम अर्याल, अशोक पाण्डेय र शारदा पाण्डेयलाई मनोनित गरेको छ ।   नवनिर्वाचित कार्य समितिको अर्को बैठकले उपसभापति, सचिव , कोषाध्यक्ष, सह-सचिव सहित पदाधिकारी चयन गर्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप