शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्नाटक जीतपछि राहुल गान्धीले भने - नफरतको बजार बन्द भयो, प्रेमको दोकान खुल्यो

आइतबार, ३१ वैशाख २०८०, ०८ : ५२
आइतबार, ३१ वैशाख २०८०

नयाँदिल्ली । कर्नाटकको चुनावी परिणाम आफ्नो पक्षमा आएपछि कांग्रेसका नेता राहुल गान्धीले नफरतको बजार बन्द भएको जनाएका छन् । भारतीय जनता पार्टीलाई पराजित गर्दै कांग्रेसले स्पष्ट बहुमत ल्याएपछि गान्धीले कर्नाटकबाट प्रेमको दुकान खुलेको टिप्पणाी गरेका छन् ।

 ‘कर्नाटकमा नफरतको बजार बन्द भयो प्रेमको दोकान खुल्यो,’ गान्धीले निर्वाचन परिणाम पछि भने, ‘कर्नाटकमा जनताको शक्तिले क्रोनि क्यापिटलिस्टलाई पनि हराएको छ ।’

कर्नाटकमा सरकार बनाउन ११३ सिट आवश्यक भएपछि कांग्रेसले १३६ सिटमा बिजय हासिल गरेको छ भने भाजपा ६५ सिटमा सिमित हुन पुगेको छ । यसैगरी, जेडिएस १९ सिट र अन्यले ४ सिटमा बिजय हासिल गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कर्नाटक निर्वाचनमा भाजपाको पराजयको जिम्मेवारी लिएर बसवराज बोम्मईले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । उनले गभर्नरलाई राजीनामा बुझाएका हुन् । मुख्यमन्त्री बोम्माईले आफ्नो पार्टीले यो हारको कारणको बारेमा समीक्षा गर्ने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप