कर्नाटक जीतपछि राहुल गान्धीले भने - नफरतको बजार बन्द भयो, प्रेमको दोकान खुल्यो
नयाँदिल्ली । कर्नाटकको चुनावी परिणाम आफ्नो पक्षमा आएपछि कांग्रेसका नेता राहुल गान्धीले नफरतको बजार बन्द भएको जनाएका छन् । भारतीय जनता पार्टीलाई पराजित गर्दै कांग्रेसले स्पष्ट बहुमत ल्याएपछि गान्धीले कर्नाटकबाट प्रेमको दुकान खुलेको टिप्पणाी गरेका छन् ।
‘कर्नाटकमा नफरतको बजार बन्द भयो प्रेमको दोकान खुल्यो,’ गान्धीले निर्वाचन परिणाम पछि भने, ‘कर्नाटकमा जनताको शक्तिले क्रोनि क्यापिटलिस्टलाई पनि हराएको छ ।’
कर्नाटकमा सरकार बनाउन ११३ सिट आवश्यक भएपछि कांग्रेसले १३६ सिटमा बिजय हासिल गरेको छ भने भाजपा ६५ सिटमा सिमित हुन पुगेको छ । यसैगरी, जेडिएस १९ सिट र अन्यले ४ सिटमा बिजय हासिल गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कर्नाटक निर्वाचनमा भाजपाको पराजयको जिम्मेवारी लिएर बसवराज बोम्मईले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । उनले गभर्नरलाई राजीनामा बुझाएका हुन् । मुख्यमन्त्री बोम्माईले आफ्नो पार्टीले यो हारको कारणको बारेमा समीक्षा गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण