चक्रवात : बंगलादेशको कक्स बजारमा १० हजार घरमा क्षति
ढाका । शक्तिशाली चक्रवात मोखाले बंगलादेश र म्यानमारको तटीय क्षेत्रमा वितण्डा मच्याएको छ । बीबीसी बंगाली सेवाका अनुसार बंगलादेशको कक्स बजार जिल्लामा करिब १० हजार घरमा क्षति पुगेको छ ।
म्यानमार र बंगलादेशमा चक्रवात मोखाले दस्तक दिएपछि तटीय क्षेत्रका तल्लो क्षेत्रमा बाढी आउनुका साथै रुखहरु ढलेका छन् । कक्स बजारको रोहिंग्या शिविरमा सरसामान छरिएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार यस चक्रवातबाट विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविर कोक्स बजार निकै प्रभावित भएको आशंका व्यक्त गरिएको छ । बंगलादेशको मौसम विज्ञान कार्यालयले कक्स बजारका लागि शीर्ष १० खतराको संकेत जारी गरेको थियो ।
यो चक्रवात कमजोर हुँदै गएको मौसमविद्ले बताएका छन् । तर, हावाहुरी सकिए पनि आगामी दुई–तीन दिनसम्म लगातार वर्षा हुने चेतावनी दिइएको छ ।कक्सबजारमा हावाहुरी केही कमजोर भएपछि अहिले मानिसहरु घर फर्किरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित
-
मधेसमा आँप खेतीकाे क्षेत्रफल बढे पनि उत्पादन घट्यो
-
रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित
-
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको अपिल, प्रधानमन्त्रीसँग सार्वजनिक जवाफको माग
-
बैंकिङ कसुर मुद्दामा १ करोड ४३ लाख बिगो भएका आरोपी पक्राउ
-
रास्वपा महाधिवेशन प्रतिनिधि धर्नामा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण