सांसद गौतम आमरण अनसनमा बसेको गिरीले गराए जानकारी
काठमाडौँ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले कांग्रेस सांसद सञ्जय गौतम ३ दिनदेखि बर्दियाको जब्दी पुलमुनी आमरण अनसनमा बसेको संसदलाई जानकारी गराएका छन् । सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद गिरीले आफ्नो क्षेत्र र मुलुकबारे काम गराउन अनसनमा बस्नुपर्ने अवस्था आएको बताए ।
सांसद गौतम १५ सुत्रीय मात्र राखेर जब्दी पुलमुनी आमरण अनसनमा बसेको जानकारी गराउँदै हुनुपर्ने काम नभएपछि सांसदहरु आमरण अनसनमा बस्नुपर्ने अवस्था आएको उल्लेख गरे ।
उनले भने– ‘अब विकासको काम गराउन पनि आमरण अनसन बस्नुपर्ने अवस्था आएको छ । यहाँ नजिकै नगरकोटको सडक कहिल्यै बन्दैन, पप्पु कन्स्ट्रक्सनले ७ बर्षदेखि थालेको जब्दी पुल बन्दैन, उदयपुरको त्रियुगा पुल बन्दैन । संखुवासभाको अरुण पुल बन्दैन । दाङकै कोथरी पुल बन्दैन, अब सुरुवात भयो आमरण अनसन बस्नुपर्ने तर सरकारले आँखा लगाउँदैन ।’ उनले सांसद सञ्जय गौतम ३ दिनदेखि आमरण अनसनमा बसेको बताउँदै अरु सांसदहरु पनि आमरण अनसनमा बस्नुपर्ने अवस्था नआओस् भन्दै कामना गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण