मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले सदनलाई जानकारी नगराएको भन्दै आक्रोश

सोमबार, ०१ जेठ २०८०, १३ : ५५
सोमबार, ०१ जेठ २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले जानकारी नदिएसम्म संसदको कामकारबाही अगाडि बढाउन नहुने बताएका छन् । 

सो प्रकरण जघन्य अपराध भएको र सभामुखले रुलिङगर्दा पनि सरकारले सो विषयबारे संसदलाई अझै जानकारी नगराएकोमा उनको आक्रोश थियो । सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद गैरेले संसदको कामकारबाहीलाई रोकेर भएपनि सरकारलाई त्यसबारे संसदमा जानकारी गराउन रुलिङ गर्न पनि सभामुख समक्ष माग गरे । 

उनले अन्तराष्ट्रिय जगतको समेत ध्यानाकर्षण भईरहेको सो प्रकरणबारे किन संसदलाई जानकारी नगराएको भनि सरकारलाई पटकपटक प्रश्न गरे । 
गैरेले भने, ‘प्रतिनिधिसभाको २६ गते र २७ गतेको बैठकमा नेपालीलाई भुटानी शरणार्थी बनाएर विक्री वितरण गर्ने मानव तस्करीको कामको विरुद्धमा यो सदनमा बुलन्द आवाज उठेको थियो । २७ गतेको बैठकमा स्वयम सभामुख महोदयले सरकारलाई संसदको तर्फबाट जानकारी गराउनका लागि रुलिङपनि भएको थियो । तर आजको कार्यसूचिमा पनि मैले सरकारले यस विषयमा यो सार्वभौम सदनलाई जानकारी गराउने कार्यसूचि मैले देखिन । म माननीय सभामुखज्यूको गम्भिर ध्यानाकर्षण गराउनु चाहन्छु ।’

सांसद गैरेले सो प्रकरणबारे निष्पक्ष छानविन गरी दोषीमाथि कडा कारबाही गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप