शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

शरणार्थी प्रकरण : गृह मन्त्रालयका दुई अधिकारीसँग प्रहरीले लियो बयान

सोमबार, ०१ जेठ २०८०, १६ : ५०
सोमबार, ०१ जेठ २०८०

काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दाको अनुसन्धानका क्रममा प्रहरीले गृह मन्त्रालयका दुई अधिकारीसँग समेत बयान लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेल र उपसचिव सागरमणि पाठकसँग बयान लिएको हो । 
दुबै जनालाई प्रहरीले जिल्ला प्रहरी परिसर टेकुमै बोलाएर आइतबार र सोमबार बयान लिएको हो । 

रामबहादुर थापा ‘बादल’ गृहमन्त्री भएका बेला ३० जेठ २०७६ मा पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा बनेको कार्यदलले बनाएको प्रतिवेदन कीर्ते गरेको प्रकरणमा प्रहरीले उनीहरुसँग पनि बयान लिएको हो ।  तत्कालीन अवस्थामा पोखरेल शान्तिसुरक्षा महाशाखाको प्रमुख थिए भने पाठक स्थानीय प्रशासन शाखामा कार्यरत थिए । 
अहिले भने पोखरेल गृह मन्त्रालयमै सहसचिवको रुपमा कार्यरत छन् भने पाठक गुल्मीको प्रमुख जिल्ला अधिकारी रहेका छन् । 

उनीहरुसँग नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा सम्बन्धित शाखाबाट कसरी फाइल पास गरियो भन्नेबारेमा बयान लिइएको प्रहरी स्रोतले जनाएको छ ।  प्रहरीले उनीहरुसँग बयान लिइएको थप विषय खुलाएको छैन ।  यो प्रकरणमा अनुसन्धानरत प्रहरीले हालसम्म पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १३ जनालाई पक्राउ गरिसकेको छ भने अझैं केही फरार रहेका छन् । 

प्रहरीले यो प्रकरणमा मु्छिएका सबैलाई पक्राउ गरेर घटनामा दोषीमाथि कारबाही गर्ने बताउँदै आएको छ । जसमा सरकारले समेत गम्भीरता देखाउँदै प्रहरीलाई आवश्यक सहजीकरण गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप