सरकारले राम्रो काम गर्दा इमानदारितापूर्वक समर्थन गर्न डराउनुहुँदैन : पौडेल
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव एवम् सांसद देवेन्द्र पौडेलले सरकारले राम्रो काम गर्दा समर्थन गर्न डराउन नहुने टिप्पणी गरेका छन् । सोमबार संसदमा बोल्दै पौडेलले सत्तापक्ष र विपक्ष केही नभनेर राम्रो काम गर्ने सरकारलाई समर्थन गर्नुपर्ने बताए ।
‘नेपाली नागरिकलाई विदेशी बनाएर अर्को देशमा पठाउने गम्भीर खालको घटना सार्वजनिक भएको छ । कतिपय माननीयहरूले सरकारको भूमिकाको प्रश्न उठाउनुभएको छ । मैले सरकारलाई धन्यवाद दिन चाहन्छु । सरकारले राम्रो काम गर्दा इमानदारितापूर्वक समर्थन गर्न डराउनुहुँदैन’ पौडेलले भने, ‘यो भ्रष्टाचारको विषय सत्तापक्ष र प्रतिपक्षको विषय होइन । यो देशको साझा विषय हो ।’
के नेपाल सुशासन नभएको देश हो भन्दै पौडेलले प्रश्न गरेका छन् । ‘के यो देशमा न्याय लुटिएको हो ? के कानुन मरेको हो ? जिम्मेवारी समाप्त भएको हो ? के जबाफदेहिता नभएको देश हो ?’ पौडेलले प्रश्न गर्दै भने, ‘यी सबै हुन् भने भ्रष्टाचारको सवालमा साझा धारणा बनाएर जान जरुरी छ ।’ भुटानी प्रकरणको विषय उठेका बेला अन्य विषय झिकेर विषयान्तर नगर्न पौडेलले आग्रह गरे । भुटानी शरणार्थी प्रकरणमा सत्य तथ्य बुझेर सरकार सहित सम्बन्धित निकायलाई सहयोग पुर्याउनु पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
-
पहाडी क्षेत्रका स-साना खोलामा आकस्मिक बाढीको सम्भावना
-
पोखरामा ध्वनि प्रदूषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ७७३ सवारी साधन कारबाहीमा
-
५ वर्षभित्र जीडीपीमा निर्यातको हिस्सा २० प्रतिशत पुग्ला ?
-
७ लाख ५० हजार घुससहित सिँचाइ कार्यालय सर्लाहीका डिभिजन प्रमुख र अधिकृत पक्राउ
-
शाे बढाउँदै चलचित्र ‘गौँथली’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण