घोराही–तुलसीपुर ‘फोरलेन’ सडकको ठेक्का सम्झौता रद्ध
दाङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दाङस्थित घोराही–तुलसीपुर फोरलेन सडकको सम्झौता रद्ध भएको जानकारी दिएकी छन् । सोमबार दाङ सूचना सञ्चार सहकारी संस्थाले सञ्चालन गरेको रेडियो मध्यपश्चिमको १७ औं स्थापना दिवसका अवसरमा बोल्दै मन्त्री शर्माले अलपत्र फोरलेन सडकको ठेक्का सम्झौता रद्द गरिएकोे जानकारी दिएकी हुन् ।
भारतीय निर्माण कम्पनीले फोरलेन सडक निर्माणको ठेक्का लिएपनि काम नगरी चारवर्षदेखि अलपत्र पारेको थियो । सरकारले उक्त निर्माण कम्पनीको ठेक्का सम्झौता रद्द गरेर नयाँ प्रक्रिया थाल्ने सरकारका प्रवक्ता समेत रहेकी मन्त्री शर्माको भनाइ छ । उनले नयाँ निर्माण नहुँुदासम्म बिग्रे भत्किएको ठाउँमा नेपाल सरकारले आफैंले मर्मत सम्भार तत्काललाई ‘टु–लेन’ सडकका रुपमा प्रयोगमा ल्याउने बताइन् ।
उनले भनिन्– ‘भारतीय निर्माण कम्पनीले फोरलेन सडक निर्माणका नाममा अलपत्र पारेकाले यो सडक निर्माणको ठेक्का सम्झौतासरकाले रद्द गरेको हो ।’ ठेक्का रद्द भएपनि सरकारले अलपत्र सडकको मर्मतसम्भार गर्ने मन्त्री शर्माको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि अमेरिकी आक्रमणपछि बढ्यो कच्चा तेलको मूल्य
-
रुसद्वारा एक सातामै तेस्रोपटक किभमा क्षेप्यास्त्र आक्रमण
-
जेनजी आन्दोलनमा भएको तोडफोडपछि खण्डहर बन्दै सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (तस्बिरहरू)
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कराँची तट नजिक सम्पर्कविहीन कार्गो विमानको खोजी जारी
-
अमेरिकाद्वारा इरानमा व्यापक हवाई हमला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण