प्रधानमन्त्री प्रचण्डले बोलाए १० दलको बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सरकारलाई समर्थन गर्ने १० दलका नेताहरुलाई बोलाएर छलफल गर्ने भएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साढे २ बजे सिंहदरबारमा बस्नेछ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा सुझाव लिन नेताहरूलाई बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले रातोपाटीलाई जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूले १० दलका नेताहरूलाई सिंहदरबारमा बोलाउनु भएको छ । आगामी नीति तथा कार्यक्रमका विषयमा सुझाव माग्ने भनिएको छ’ आचार्यले भने,‘सबै सुझाव समेटेर नीति तथा कार्यक्रममा समेट्ने तयारी गरिएको छ ।’
प्रधानमन्त्री प्रचण्डले आगामी नीति तथा कार्यक्रम पार्टीभित्र, सत्तारुढ दल र प्रतिपक्ष सहित सबैसँगै सुझाव मागेर ल्याउन लागेका छन् । आजको बैठकमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्विस फ्र्याङ्क र दिराम, दिनार तथा रियालको मूल्य ?
-
सुरु भयो योे वर्षको सगरमाथा आरोहण, ४२१ जना चुचुरो चुम्ने प्रतिक्षामा
-
पाल्पा र गुल्मीको सङ्गमस्थल रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने