प्रधानमन्त्री प्रचण्डले बोलाए १० दलको बैठक
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सरकारलाई समर्थन गर्ने १० दलका नेताहरुलाई बोलाएर छलफल गर्ने भएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साढे २ बजे सिंहदरबारमा बस्नेछ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा सुझाव लिन नेताहरूलाई बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले रातोपाटीलाई जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूले १० दलका नेताहरूलाई सिंहदरबारमा बोलाउनु भएको छ । आगामी नीति तथा कार्यक्रमका विषयमा सुझाव माग्ने भनिएको छ’ आचार्यले भने,‘सबै सुझाव समेटेर नीति तथा कार्यक्रममा समेट्ने तयारी गरिएको छ ।’
प्रधानमन्त्री प्रचण्डले आगामी नीति तथा कार्यक्रम पार्टीभित्र, सत्तारुढ दल र प्रतिपक्ष सहित सबैसँगै सुझाव मागेर ल्याउन लागेका छन् । आजको बैठकमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट घोषणाको मुखैमा सुदूरपश्चिम सरकारका मन्त्री फेरबदलः बजेटमा कस्तो पर्ला असर ?
-
चैते धानमा ‘नेक ब्लास्ट’ रोगको प्रकोप
-
‘भागदौड’ असार २६ मा प्रदर्शन हुने
-
विपक्षीको अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित, तस्बिरहरू
-
इरान र इजरायलले रोके एक–अर्काविरुद्धको आक्रमण
-
अमेरिकी आक्रमणमा आगलागी भएको ट्यांकरबाट २४ भारतीय चालक दलको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण