मन्त्रीमण्डल विस्तारमा सहमति जुटाउन मुख्यमन्त्री शाह पुनः काठमाडौंमा
धनगढी । लामो समयसम्म पनि मन्त्री परिषद् विस्तार गर्न असफल रहेका सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह पुनः काठमाडौँ पुगेका छन् ।
मन्त्री परिषद् विस्तारमा शीर्ष नेताहरूसँग सहयोगको याचना गर्न उनी पुनः प्रदेश सरकारका २ मन्त्रीसहित सोमबार साँझ काठमाडौँ पुगेका हुन् ।
मुख्यमन्त्रीका स्वकीय सचिव टेकराज कठायतले भने, ‘मन्त्री परिषद् विस्तारको निकास खोज्ने र प्रदेश सरकारलाई विकास आयोजनाको माग गर्न काठमाडौँ जानुभएको छ ।’
एक साताअघि पनि मुख्यमन्त्री शाह मन्त्री मण्डल विस्तारलाई लिएर काठमाडौँ पुगेका थिए । त्यसताका उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालगायतका नेताहरूसँग भेटघाट गरेका थिए ।
काठमाडौँबाट धनगढी फर्के लगत्तै मन्त्री मण्डल विस्तार गर्ने बताएका उनी हालसम्म असफल रहँदै आएका छन् ।
एक साताअघि मुख्यमन्त्री शाहले प्रधानमन्त्री दाहालसँग भेटघाट गर्दै रातोपाटीलाई भनेका थिए, ‘मन्त्री परिषद् विस्तारमा धेरै ढिला भयो । छिटो गरिदिनुस् भनेर हामीले आग्रह गर्यौ । उहाँले आजै उच्च स्तरीय राजनीतिक कार्यदलमा कुरा राख्ने बताउनुभएको छ ।’
त्यो भेटले सार्थकता नपाएपछि उनी पुनः शीर्ष नेताहरूलाई हारगुहार गर्न काठमाडौँ पुगेका हुन् ।
मुख्यमन्त्री शाह नियुक्त भएको ३ महिना बढी भएको छ । उनी माघ २७ गते नियुक्त भएका हुन् । यहाँ ७ मन्त्री, ४ राज्यमन्त्रीसहित ११ सदस्य मन्त्रीमण्डल बनाउन सकिने संवैधानिक व्यवस्था देखिन्छ ।
यहाँ माओवादी केन्द्रले ३, नागरिक उन्मुक्ति पार्टीले २, मन्त्रालयमा दाबी गरेको छ । अहिले सरकारमा रहेको कांग्रेसले मुख्यमन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रालय लिएको छ । थप १ मन्त्रालय पनि पाउनुपर्ने कांग्रेसको दाबी छ । आर्थिक मामिला मन्त्रालय पाएको नेकपा(एकीकृत समाजवादी) पार्टीले पनि थप १ मन्त्रालय पाउनुपर्ने अडानमा छ ।
तर माओवादीले २ मन्त्रालय पाउने भएको छ । २ मन्त्रालयको लागि आधा दर्जन आकाङ्क्षी छन् । माओवादीबाट संसदीय दलका नेता खगराज भट्ट, ओम विक्रम भाट सरल, झपट साउद, अक्कल रावल, रमेश धामी, शिव ओलीलगायतका मन्त्री बन्ने दौडमा छन् ।
सत्तारुढबीच मन्त्रालय भागबन्डामा कुरा नमिल्दा यहाँको मन्त्री मण्डल विस्तारमा ढिलाइसँगै सकस देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण