मन्त्रिपरिषदद्वारा वर्ल्ड हेल्थ एसेम्लीमा सहभागी हुन मन्त्री बस्नेतलाई स्वीकृति प्रदान
काठमाडौँ । मन्त्रीपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई स्विजरल्याण्डको जेनेभामा यही जेठ ७ गतेदेखि सुरु हुने ७६ औं वर्ल्ड हेल्थ एसेम्लीमा सहभागी हुनका लागि स्वीकृति प्रदान गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले जेठ १६ गतेसम्म हुने सो सम्मेलनमा अतिरिक्त सचिव विकास देवकोटालाई पनि सहभागी हुनका लागि स्वीकृति दिएको नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
त्यसैगरी सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय संरक्षक समितिको सदस्य पदमा प्राध्यापक श्रीराम रामकृष्ण, सिंगापुर, संगीता सिंह काठमाडौँ, प्राध्यापक पुष्करमान बज्राचार्य काठमाडौँ, प्राध्यापक सुजान फ्राटियार क्यानडा, प्राध्यापक नामपेर अमेरिका, प्राध्यापक सुर्दशनराज तिवारी काठमाडौँ, पदम ज्योति, काठमाडौँ, लोचन ज्ञवाली ललितपुर, डा. सन्दुक रुईत काठमाडौँ र भानुप्रसाद आचार्य भक्तपुरलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ ।
मन्त्रीपरिषद् बैठकले तिलगंगा आँखा स्वास्थ्य शिक्षाका लागि विधेयक तर्जुमा गर्नका लागि स्वीकृति दिने निर्णय पनि भएको छ । जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउनका लागि करिब १८३ दशमलव ८० रोपनी जग्गा प्राप्त गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने निर्णय पनि सरकारले गरेको मन्त्री शर्माले बताइन् ।
बैठकले बुटवल–गोरुसिंङ्गे–चन्द्रोटा सडकको विस्तारित सडक सीमा भित्रका घर, टहरा हटाई क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण