शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नेपाली कांग्रेस हावा न चाबाको पार्टी : ओली

बुधबार, ०३ जेठ २०८०, १० : १३
बुधबार, ०३ जेठ २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई हावा न चाबाको पार्टीको संज्ञा दिएका छन् । 

बुधबार मदन भण्डारीको ३० औँ स्मृति दिवसलाई सम्बोधन गर्दै ओलीले देशको परिस्थिति अत्यन्त गम्भीर भए पनि सरकार र सत्ता गठबन्धनको नेतृत्वकर्ता दल कांग्रेसलाई कुनै चिन्ता नभएको भन्दै कांग्रेसलाई राजनीतिक पार्टीको संज्ञा दिन पनि मन लाग्न छोडेको बताएका हुन् ।

‘नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ– हावा न चाबाको ! त्यो पार्टीलाई कुनै राजनीतिक पार्टीको संज्ञा दिन पनि मन लाग्न  छोडिसक्यो’, ओलीले भने, ‘देश यस्तो गम्भीर परिस्थितिमा छ, लामो इतिहास बोकेको कांग्रेस ‘भोलि उठी कहाँ जाने केही थाहा छैन’ भनेजस्तै छ ।’ 

उनले कांग्रेसलाई के गर्नुपर्ने हो ? कसरी देशलाई सही बाटोमा लानुपर्ने हो भनेर सोच्न समेत सक्ने अवस्थामा नभएको बताए । ‘हाम्रो पार्टी एक्लैले यो अभिभारा पूरा गर्नुपर्ने परिस्थिति छ’, ओलीले भने, ‘यसको अर्थ हामी कसैसँग मिल्दै मिल्दैनौ भन्ने होइन । तर सत्ता स्वार्थका लागि मिल्ने कुरा हुँदैन ।’

उनले नेकपा एमाले सत्ता स्वार्थका लागि कसैसँग नमिल्ने दाबी गर्दै  विकास, सुशासन र परिवर्तनका लागि मिल्न सकिने बताए । 

‘तर सत्ता गठबन्धनका लागि मिल्ने कुरा हुँदैन’, ओलीले गठबन्धन उद्देश्य, लक्ष्य, नीति र गन्तव्यहीन बनेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप