शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

भ्रष्टाचार र विभेदविरुद्ध सशक्त ढंगले प्रस्तुत हुने आम जनता पार्टीको निर्णय

बुधबार, ०३ जेठ २०८०, १९ : ३६
बुधबार, ०३ जेठ २०८०

काठमाडौँ । आम जनता पार्टीले संगठन विस्तार गर्ने अनुकूल माहौल बन्दै गएको बताएको छ । बुधबार काठमाडौँमा बसेको पार्टीको केन्द्रीय पदाधिकारीको बैठकले देशमा बढ्दो बेथिति, लुट, भ्रष्टाचार र विभेदविरुद्ध सशक्त ढंगले प्रस्तुत हुने निष्कर्ष निकालेको हो । 

यस्तै बैठकले आइटी आर्मी, आम दलित मोर्चा र आम किसान मोर्चाको केन्द्रीय समितिलाई पूर्णता दिने निर्णय गरेको पार्टी प्रवक्ता चन्द्र भूषण साहले जानकारी दिए । साहका अनुसार पार्टीको जागरण यात्रा तत्कालका लागि स्थगन गरिएको छ । 

यस्तै पार्टीले कोही प्रदेशको नामाकरणविरुद्धको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । पार्टीले प्रदेश कमिटीलाई पूर्णता, बाँकी रहेका जिल्लाहरुको भेला तथा जनवर्गीय संगठनहरुको केन्द्रीय समितिको बैठक अगाडि बढाउने निर्णय गरिएको साहले बताए । 

यस्तै बैठकले पार्टीको केन्द्रीय कमिटीमा लखिन्दर साह, चन्देश्वर यादव र ममता शर्मालाई चयन गरेको छ । 

j

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप