भ्रष्टाचार र विभेदविरुद्ध सशक्त ढंगले प्रस्तुत हुने आम जनता पार्टीको निर्णय
काठमाडौँ । आम जनता पार्टीले संगठन विस्तार गर्ने अनुकूल माहौल बन्दै गएको बताएको छ । बुधबार काठमाडौँमा बसेको पार्टीको केन्द्रीय पदाधिकारीको बैठकले देशमा बढ्दो बेथिति, लुट, भ्रष्टाचार र विभेदविरुद्ध सशक्त ढंगले प्रस्तुत हुने निष्कर्ष निकालेको हो ।
यस्तै बैठकले आइटी आर्मी, आम दलित मोर्चा र आम किसान मोर्चाको केन्द्रीय समितिलाई पूर्णता दिने निर्णय गरेको पार्टी प्रवक्ता चन्द्र भूषण साहले जानकारी दिए । साहका अनुसार पार्टीको जागरण यात्रा तत्कालका लागि स्थगन गरिएको छ ।
यस्तै पार्टीले कोही प्रदेशको नामाकरणविरुद्धको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । पार्टीले प्रदेश कमिटीलाई पूर्णता, बाँकी रहेका जिल्लाहरुको भेला तथा जनवर्गीय संगठनहरुको केन्द्रीय समितिको बैठक अगाडि बढाउने निर्णय गरिएको साहले बताए ।
यस्तै बैठकले पार्टीको केन्द्रीय कमिटीमा लखिन्दर साह, चन्देश्वर यादव र ममता शर्मालाई चयन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण