गण्डकीमा यातायात सेवालाई प्रविधिमैत्री बनाउने प्रतिवेदन स्वीकृत
पोखरा । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यातायात व्यवस्था कार्यालयबाट हुने सेवा सुविधालाई प्रविधिमैत्री बनाउन गठित समितिको प्रतिवेदन स्वीकृत गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएकै दिन यातायात व्यवस्था कार्यालयबाट हुने सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने निर्णय गरेका थिए ।
सोही दिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकमा समिति गठन भयो ।
समितिले १५ दिनभित्र प्रतिवेदन तयार गरेपछि वैशाख २९ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन स्वीकृत गरेको सरकारकी प्रवक्ता सरस्वती अर्याल तिवारीले बताइन् ।
ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री अर्यालले कार्यदलले सुधारका तत्काल र दीर्घकालीन कार्ययोजना समेटी तयार पारेको प्रतिवेदन स्वीकृत भएको बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएकी हुन् ।
मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ को अनुसूची भएको मन्त्रालयको कार्यक्षेत्र हेरफेर गरेको प्रवक्ता अर्यालले बताइन् । सात वटा मन्त्रालयहरुको व्यवस्थापन तथा सर्वेक्षण गर्न प्रमुख सचिवको संयोजक, सबै मन्त्रालयका सचिव सदस्य र मुख्यमन्त्री कार्यालयको बैठक तथा प्रशासन शाखा हेर्ने उपसचिव रहेको सर्वेक्षण समिति गठन भएको हो ।
यस्तै वैशाख २८ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ हेरफेर भएका मन्त्रालयमा सचिवको जिम्मेवारी तोकेको प्रवक्ता अर्यालले बताइन् ।
आर्थिक मामिला मन्त्रालय, सामाजिक, विकास तथा स्वास्थ्य मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको हकमा साबिककै बमोजिम जिम्मेवारी छ । साबिकको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवको जिम्मेवारी दिएको छ ।
यस्तै, साबिक कृषि ऊर्जा तथा जलस्रोत मन्त्रालयको सचिवलाई कृषि मन्त्रालयमा र हाल कायम भएको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको साविक उक्त क्षेत्र हेर्ने सचिवलाई नै जिम्मेवारी तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण