स्थल मार्गबाट नेपाल आउने पर्यटकलाई एकद्वार सेवा प्रदान गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थल मार्गबाट नेपाल भ्रमणमा आउने पर्यटकहरूलाई एकद्वार प्रणालीबाट सेवा दिन आग्रह गरेका छन् । अध्यक्ष ढकालले अन्तर मन्त्रालय समन्वयको अभावमा नेपाल–भारत सिमानाकाहरुमा दुख पाएको गुनासो आएकोले समाधान निकाल्न सरोकारवालाहरूलाई आग्रह गरेका छन् ।
बिहीबार काठमाडौँमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस्को ५४औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भने, ‘हाम्रा विभिन्न सरकारी निकायहरुबीच समन्वय नहुँदा भारतीय सिमानाकाबाट स्थल मार्गबाट आउने पर्यटकहरूले विभिन्न किसिमका झमेलाहरू झेल्न परिरहेको गुनासो आउने गरेको छ ।’
पर्यटकले दुख पाउँदा नराम्रो सन्देश जाने र नेपाल प्रति नकारात्मक धारणा बन्न सक्ने समस्या आउन सक्ने अध्यक्ष ढकालले बताए । उनले हरेक प्रदेशमा ठुला र नमुना पर्यटकीय गन्तव्यहरू निर्माणमा निजी क्षेत्रलाई सहजीकरण गर्न नेपाल सरकार र अन्य निकायलाई आग्रह गरेका छन् ।
काठमाडौँको चन्द्रागिरिमा निर्माण गरिएको पर्यटकीय पूर्वाधारको उदाहरण प्रस्तुत गर्दै यस्तै किसिमका पूर्वाधारहरू सात वटै प्रदेशमा निर्माण गर्न मात्र सके पनि अहिलेको पर्यटक बसाइँलाई दोब्बर गर्न सकिने बताए । आफूले पनि सात वटै प्रदेशमा पर्यटन पूर्वाधार बनाउन पर्छ भनेर अभियन्ताको रूपमा लागेको अध्यक्ष ढकालको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गीतकार अधिकारी 'इसा अन्तर्राष्ट्रिय अवार्ड'को टप २० मा छनौट
-
कुमा सागरले सकाए अस्ट्रेलिया टुर
-
काठमाडौँ वर्ल्ड स्कुल परीक्षा केन्द्रबाट कक्षा १२ को प्रश्न पत्र आउट भएपछि अनुसन्धान
-
‘जार’ करियरको ठुलो उपलब्धि – अभिनेता शाही
-
तीनकुने घटनामा संलग्न दिनेश महतोसहित ६ जनाले हिरासतबाटै १२ को परीक्षा दिँदै
-
लन्डनमा प्रदर्शन हुँदै ‘रंगी’