स्विजरल्यान्डमा किन अड्कियो सिद्धबाबा सुरुङ मार्गको डीपीआर ?
बुटवल । बुटवल–तानसेन सडक खण्डअन्तर्गत सिद्धबाबाबा सुरुङ मार्गको डिजाइनको प्रतिवेदन स्विजरल्यान्डमा अड्किएको छ । निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले माघमा पठाएको प्रतिवेदन पूर्ण रूपमा अध्ययन गरेर स्विजरल्यान्डको प्राविधिक टोलीले अझैसम्म फिर्ता पठाएको छैन ।
निर्माणको ठेक्का पाएको चाइना कम्पनीले पेस गरेको प्रतिवेदन नेपाल सरकारका इन्जिनियरहरूले अध्ययन गरेसँगै स्विजरल्यान्डबाट आएको प्राविधिक टोलीले माघको पहिलो साता प्रतिवेदन लगेका थियो। उक्त डीपीआर प्रतिवेदन अझैसम्म नआएको सिद्धबाबा सुरुङ मार्ग परियोजनाले जनाएको छ । प्रतिवेदन आएपछि मात्र ठेकेदार कम्पनीलाई हस्तान्तरण गरेपछि मुख्य काम सुरु हुनेछ ।

सिद्धबाबा सुरुङ मार्ग निर्माण परियोजनाका प्रमुख इन्जिनियर रामपुकार जैशवालले प्रतिवेदनको छुट्टाछुट्टै भागमा विदेशमा काम भइरहेको भए पनि अझैसम्म प्रतिवेदन नआएको जनाए । निर्माण कम्पनीले ठेक्का पाएको नौ महिनाभित्र डिजाइन पेस गर्ने सम्झौताअनुसार डिजाइन पेस गरेको थियो । स्विजरल्यान्डमा अहिले रकनेट, रोड, टनेल आदिको छुट्टाछुट्टै अध्ययन भइरहेको उनले बताए ।
परियोजना प्रमुख जैशवालले भने, ‘अव प्रतिवेदन छिट्टै फिर्ता हुने विश्वासमा हामी छौ । उनीहरूले अध्ययन गरेर पनि केही सच्याउनु पर्ने भएकाले त्यस परियोजनाको काम अगाडि बढ्नेछ । त्यस्तै, सच्याउँदा नेपाली टोलीहरूसँग पनि छलफल गर्नेछन् ।’
११२६ मिटर लामो सुरुङ पाल्पाको दोभानबाट सुरु गरेर बुटवलको चिडिया खोला रामपिथेकस पार्कसम्म ल्याइने छ । त्यसका लागि ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले आफ्नो डिजाइन तोकिएको समयमै पेस गरेपछि अन्य काम थालेको हो ।
व्यवसायी तर्फका इन्जिनियर क्षितिज खनालले आफूहरूले क्याप निर्माण गर्नेदेखि साइटका काम पनि धमाधम गरिरहेको बताए । उनले भने, ‘मुख्य काम अहिले डीपीआर फाइनल नहुँदासम्म गर्न मिल्दैन । अन्य काम हामीले गरिरहेका छौँ ।’

अहिले निर्माण क्षेत्र दोभानमा कार्यालय स्थापना, बुटवलको गोलपार्कबाट ११ केभीको विद्युत् लैजाने काम, ल्याबका लागि पाल्पाबाट विद्युत् ल्याउने, परियोजनामा आगलागी नियन्त्रण गर्नका लागि पानी ट्याङ्की निर्माण गर्ने जस्ता काम भएका छन् ।
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने पहिरोले बर्सेनि ठुलो दुर्घटना हुने गरेको छ। खासगरी बर्खामा पाल्पाको दोभान र बुटवलको पहिरोको कारणले सम्पर्क विच्छेदजस्तै हुने दोभानका शिक्षक विष्णु पाण्डेयले बताए । वर्षौँदेखि समस्या भएपछि अन्य कार्यभन्दा उत्तम ठानेर सरकारले सुरुङ मार्गको टेन्डर खोलेको हो ।

यो परियोजनाको लागत १० अर्ब रुपैयाँ अनुमान गरिएको छ । स्विस सरकारको विकास सहयोगमार्फत सुरुङ मार्ग निर्माणका लागि भौगर्भिक अध्ययन गरिएको थियो । सुरुङ मार्ग ५ वर्षभित्र बन्ने गरी ठेक्का प्रदान गरिएको हो । ठेक्का लगाएको करिब १४ महिना पूरा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण