फिल्म ‘देववाणी’ निर्माण हुने
काठमाडौँ । फिल्म ‘देववाणी’ निर्माण हुने भएको छ । फिल्मको शुक्रबार बिहान भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै निर्माण थालिएको हो ।
मुहूर्तमा फिल्मका मुख्य कलाकार कुन्दन भारद्वाज, अनुजा लेप्चा र रवीन्द्र झाले मुहूर्त सट दिएका थिए ।
मुर्हूतमा कलाकार संघका अध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, वरिष्ठ पत्रकार शान्ति प्रिय लगायतको सहभागिता थियो ।
मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने फिल्मको छायांकन सिमरा, वीरगन्ज, इटहरी र काठमाडौँमा हुनेछ ।
कुन्दन भारद्वाज, अनुजा लेप्चा सुनिल थापा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको अभिनय रहने फिल्ममा निराजन मेहता मन्जिलको कथा, हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व रहनेछ ।
मौसम पौडेल प्रस्तुतकर्ता रहेको फिल्ममा मिना खड्का र हिराबहादुर लेप्चा निर्माता हुन् । महेन्द्र यादव कार्यकारी निर्माता रहेको फिल्ममा तेञ्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनामको संगीत रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण