सोफेस टेबलटेनिसमा रितिम र आस्मालाई स्वर्ण
काठमाडौँ । गार्गी एकेडेमी बुटवलका रितिम गुरुङ र आदर्श विद्या मन्दिर (एभीएम) की आस्मा पहारीले नवौं सोफेस राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा शुक्रबार स्वर्ण पदक जितेका छन् । सिंगल्सतर्फ छात्रमा रितिम छात्रामा आस्मा पहिलो भएका हुन् ।
शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपालद्वारा आयोजित उक्त प्रतियोगिताको छात्र सिंगल्सको फाइनलमा रितिमले दरबार हाइस्कुलका शंकर पहारीलाई ११–९, ११–८, १३–११ अंकले पराजित गरे । उक्त स्पर्धामा मोर्डन इन्डियन स्कुल (एमआईएस) विशाल थापा र एभरेष्टका आर्यन शाही तेश्रो भए ।
डल्लुस्थित स्वर्णिम स्कुलको संयोजन तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा भएको उक्त प्रतियोगिताको छात्रा सिंगल्सको उपाधि भिडन्तमा आस्माले सेन्ट मेरिजकी सुरम्या शाक्यलाई ११–६, ११–६ र ११–८ अंकले हराइन् । उक्त स्पर्धामा एभीएमकी अर्सना महर्जन र न्यु सुम्निमाकी अंकिता वज्राचार्यले तेश्रो स्थान हासिल गरे । दुवै सिंगल्स स्पर्धामा पहिलो हुनेले १५ हजार, दोश्रोले ७ हजार ५ सय तथा तेश्रो हुनेले ३÷३ हजार रुपैयाँ नगद पुरस्कार पाए ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छात्र टिम स्पर्धाको फाइनलमा गार्गी पहिलो भयो । गार्गीले फाइनलमा भासरा माविलाई ३–१ ले पाखा लगायो । उक्त स्पर्धामा एमआईएस र न्यु होराइजन तेश्रो बने ।
टिम स्पर्धाको छात्रातर्फको फाइनलमा एभीएमले प्रभातलाई ३–० ले हरायो । उक्त स्पर्धामा स्वस्तिश्री गुरुकुल र भासरा तेश्रो भए । प्रतियोगिताको विजयी टोली र खेलाडीलाई अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य, सोफेसका अध्यक्ष प्रा. रामकृष्ण महर्जन, स्वर्णिम स्कुलका प्रिन्सिपल सहजी पन्त, कन्सेप्ट मेकर्जका प्रबन्ध निर्देशक प्रशान्त महर्जनलगायतले पुरस्कार वितरण गरे ।
प्रतियोगितामा मोफसलका २ सहित विभिन्न ३५ विद्यालयका १ सय ९० छात्र र ८० छात्रा गरी कुल २ सय ७० जना खेलाडीले विभिन्न ४ वटा स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको १०औं संस्करण भने बुटवलमा हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण