आठ करोड बढी ठगी गरेको आरोपमा कांग्रेस नेता पक्राउ
सिन्धुली । नेपाली कांग्रेसका युवा नेता एवम् सिन्धुलीबाट प्रतिनिधिसभा सदस्यका लागि दावेदार रहेका कृष्णमुरारी गुरुङ आठ करोड बढी रकम र सुन ठगी गरेको आरोपमा पक्राउ परेका छन् । उनी विभिन्न व्यक्तिलाई रकम लिने र नतिर्ने गरि करोडौं ठगी गरेको आरोपमा काठमान्डौबाट पक्राउ परेका हुन् ।
गोलञ्जोर गाउँपालिका ४ तिनकन्या घर भएका गुरुङलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमान्डौले प्रेस विज्ञप्ती जारी गरि जनाएको छ । उनलाई परिसरमा उजुरी परेपछि खोजी गरिएको थियो । पक्राउ परेका गुरुङलाई काठमान्डौ अदालतबाट म्याद थप गरि ठगी, अपराधिक लाभ तथा अपराधिक विश्वासघात सम्बन्धि कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
उनी विरुद्ध प्रहरी परिसर काठमान्डौमा फरक फरक तीनजना व्यक्तिबाट ८ करोड ५ लाख नगद र २० तोला सुन ठगी गरेको उजुरी परेको थियो ।
गुरुङ विरुद्ध विभिन्न मितिमा व्यवहार सल्टाउने भन्दै सुरेश केसीसँग पटक पटक गरि ७ करोड ७५ लाख रकम र २० तोला सुन लिएको उजुरी छ । केसीसँग आफ्नो सम्पूर्ण सम्पत्ति विशेष अदालतबाट रोक्का भएको र मुद्दा मिलाउन र मुद्दामा खर्च गर्न भनि गुरुङले रकम लिएको पाईएको प्रहरीले जनाएको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु
-
लागुऔषध नियन्त्रण ऐनमा सशस्त्र प्रहरीको भूमिका स्पष्ट हुनुपर्छ: आईजीपी पौडेल
-
मनिष झाको रविलाई आग्रह : गुटबन्दी गर्नेलाई कारबाही गर्नुस्
-
लागुऔषध दुर्व्यसनीलाई अपराधी होइन, बिरामीका रूपमा हेरिने
-
भूकम्प गएको साढे दुई वर्षसम्म पुनर्निर्माण सुरु भएन, बजेट भाषणमा गफ मात्रै भयो : रोकाया
-
‘बाहुबली ३’ आउने चर्चा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण