लेखापढी कानुन व्यवसायी एसोसिएसन कपिलवस्तुको अध्यक्षमा पुनः मौर्य निर्वाचित
शनिबार, ०६ जेठ २०८०, २० : ५५
बुटवल । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन कपिलवस्तु इकाईको ९ औ अधिवेशनबाट पुनः विष्णुप्रसाद मौर्य अध्यक्षमा निर्वाचित भएका छन् । मौर्य शनिबार अध्यक्षमा पुनः निर्वाचित भएका हुन् । निर्वाचन समितिका संयोजक कृष्णकुमार केसीका अनुसार उपाध्यक्षमा सुनिलकुमार पाण्डेय,कोषाध्यक्षमा सदनकुमार चौधरी विजयी भएका छन्। अध्यक्ष मौर्य तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
समितिको सचिवमा राजेशप्रसाद गुप्ता, सहसचिवमा सुनिलकुमार यादव, सहकोषाध्यक्षमा पशुपति गुप्ता निर्वाचित भएका छन् ।यस्तै समितिका सदस्यहरूका रामवृक्ष केवट, रविन्द्र गुप्ता, केशव खनाल, छविलाल पुरी, सबित्रा शर्मा, सनम चौधरी र हरिराम पासवान निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण