बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

यात्रीको दर्ता प्रक्रियामा पुनः समस्या देखियो : थापा

आइतबार, ०७ जेठ २०८०, १३ : २०
आइतबार, ०७ जेठ २०८०

काठमाडौँ । प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले यात्री दर्ता प्रक्रियामा पुनः समस्या देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले भने, ‘यात्रीको दर्ता प्रक्रियामा समस्या देखिएको छ । सरकार भन्छ भ्याट बिल तिरेको ३५ दिनभित्रमा दर्ता भएन भने जरिवाना लाग्छ । पहिले कानुन थिएन दर्ता भएन । अहिले कानुन बन्यो दर्ता भयो तर आफैँ ढिलो कानुन बनाउने निकायले के भन्छ भने दर्ता ढिलो किन गरिस् ? तैँले जरिवाना तिर्नुपर्छ । सरकारको यो कमजोरीको भारी उद्यमीलाई बोकाउन मिल्छ ? फेरि यो विषय उद्यमीसँग मात्र सम्बन्धित छैन । स्वदेशी उत्पादन नै किन्छु, उपभोग गर्छु भन्ने उपभोक्तासँग पनि सम्बन्धित छ । त्यसैले स्वदेशी उत्पादन किन्छु, उपभोग गर्छु । उपभोग बढाउँछु भन्ने नीति बोकेर हिँडेको सरकारले असल नियतका साथ काम गरिरहेको उद्यमीहरूलाई निरुत्साहित हुन नदेओस् । आफ्नै नीतिको लाज राखोस् । सरकारको ध्यानाकर्षण गराउँछु ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप