यात्रीको दर्ता प्रक्रियामा पुनः समस्या देखियो : थापा
काठमाडौँ । प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले यात्री दर्ता प्रक्रियामा पुनः समस्या देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले भने, ‘यात्रीको दर्ता प्रक्रियामा समस्या देखिएको छ । सरकार भन्छ भ्याट बिल तिरेको ३५ दिनभित्रमा दर्ता भएन भने जरिवाना लाग्छ । पहिले कानुन थिएन दर्ता भएन । अहिले कानुन बन्यो दर्ता भयो तर आफैँ ढिलो कानुन बनाउने निकायले के भन्छ भने दर्ता ढिलो किन गरिस् ? तैँले जरिवाना तिर्नुपर्छ । सरकारको यो कमजोरीको भारी उद्यमीलाई बोकाउन मिल्छ ? फेरि यो विषय उद्यमीसँग मात्र सम्बन्धित छैन । स्वदेशी उत्पादन नै किन्छु, उपभोग गर्छु भन्ने उपभोक्तासँग पनि सम्बन्धित छ । त्यसैले स्वदेशी उत्पादन किन्छु, उपभोग गर्छु । उपभोग बढाउँछु भन्ने नीति बोकेर हिँडेको सरकारले असल नियतका साथ काम गरिरहेको उद्यमीहरूलाई निरुत्साहित हुन नदेओस् । आफ्नै नीतिको लाज राखोस् । सरकारको ध्यानाकर्षण गराउँछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण