आजदेखि बागमती प्रदेश खेलकुद प्रतियोगिता
हेटौंडा । मकवानपुरको हेटौँडामा आजदेखि बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको दोस्रो संस्करण सुरु हुँदै छ ।प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुन लागेको सो प्रतियोगिताको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नेछन् । परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीका अनुसार प्रतियोगिताको उद्घाटन हेटौँडा उपमहानगरपालिका–५ पिप्ले क्याम्पा रङ्गशालामा गर्ने तय भएको छ । प्रतियोगितामा सहभागी हुन खेलाडी, प्रशिक्षक, निर्णायक, खेल पदाधिकारीलगायत हेटौँडा आइसकेका छन् । प्रतियोगितामा १३ खेल समावेश गरिएका छन् । उसु, जुडो र पौडी खेल काठमाडौँ तथा ललितपुरमा खेलाइने छन् ।
यस्तै क्रिकेट चितवनमा खेलाइने सदस्य सचिव भण्डारीले बताए । फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, रग्बी, ब्याडमिन्टन र आइटिएफ तेक्वान्दो हेटौँडाका विभिन्न खेल मैदानमा खेलाइने छन् । प्रतियोगितामा एक हजार ७५ महिला र एक हजार चार सय २७ पुरुष खेलाडी सहभागी हुँदैछन् । यस्तै एक सय ७३ प्रशिक्षक, एक ४२ व्यवस्थापक, दुई सय ७६ निर्णायकलगायत प्रतियोगितामा सहभागी हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण