शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

युलियन्स लगायतका महंगा बोर्डिङमाथि छानबिन गर्न अनेरास्ववियुको माग

आइतबार, ०७ जेठ २०८०, १७ : २७
आइतबार, ०७ जेठ २०८०

काठमाडौँ । खुमलटारमा रहेको युलियन्स लगायतका महंगा स्कुलमाथि छानबिन गर्न अनेरास्ववियुले माग गरेको छ । अनेरास्ववियुको दोस्रो केन्द्रीय कमिटी बैठकले ट्रष्टका नाममा दर्ता भई अत्यधिक महंगो शुल्क लिई कर छली गर्ने युलियन्स जस्ता विद्यालयहरुमाथि छानबिन गर्न माग गरेको हो । 

युनियन्सले विद्यार्थीबाट महंगो शुल्क लिने गरेको तर, राज्यलाई कर नतिर्ने गरेको अनेरास्ववियुको आरोप छ । त्यस्ता स्कुलमाथि छानबिन गरी आवश्यक कारबाही गर्न अनेरास्ववियुले माग गरेको हो । 

त्यसका लागि अनेरास्ववियुको मातहत कमिटी मार्फत स्थानीय तहलाई दबाब दिने निर्देशन दिएको छ । युलियन्सले महंगो शुल्क लिने गरेको भन्दै सामाजिक सञ्जालमा विरोध हुँदै आएको छ । यसरी महंगो शुल्क लिन निजी विद्यालय तथा कलेजहरूमाथि छानबिन गरी दोषी देखिएमा कारबाही गर्न अनेरास्ववियुले माग गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप