युलियन्स लगायतका महंगा बोर्डिङमाथि छानबिन गर्न अनेरास्ववियुको माग
आइतबार, ०७ जेठ २०८०, १७ : २७
काठमाडौँ । खुमलटारमा रहेको युलियन्स लगायतका महंगा स्कुलमाथि छानबिन गर्न अनेरास्ववियुले माग गरेको छ । अनेरास्ववियुको दोस्रो केन्द्रीय कमिटी बैठकले ट्रष्टका नाममा दर्ता भई अत्यधिक महंगो शुल्क लिई कर छली गर्ने युलियन्स जस्ता विद्यालयहरुमाथि छानबिन गर्न माग गरेको हो ।
युनियन्सले विद्यार्थीबाट महंगो शुल्क लिने गरेको तर, राज्यलाई कर नतिर्ने गरेको अनेरास्ववियुको आरोप छ । त्यस्ता स्कुलमाथि छानबिन गरी आवश्यक कारबाही गर्न अनेरास्ववियुले माग गरेको हो ।
त्यसका लागि अनेरास्ववियुको मातहत कमिटी मार्फत स्थानीय तहलाई दबाब दिने निर्देशन दिएको छ । युलियन्सले महंगो शुल्क लिने गरेको भन्दै सामाजिक सञ्जालमा विरोध हुँदै आएको छ । यसरी महंगो शुल्क लिन निजी विद्यालय तथा कलेजहरूमाथि छानबिन गरी दोषी देखिएमा कारबाही गर्न अनेरास्ववियुले माग गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण