देशको आर्थिक दुरावस्थाको दोषी कोही एक व्यक्ति मात्रै छैन : महामन्त्री शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले देशको आर्थिक दुरावस्थाको दोषी कोही एक व्यक्ति मात्र नभएको बताएका छन् ।
आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै महामन्त्री शर्माले देशको आर्थिक दुरावस्था हुनुमा एक व्यक्ति मात्र दोषी नभएको बताएका हुन् ।
उनले देशका शीर्ष नेताहरू सबै राजनीतिक उपलब्धिहरूको अंशियार र कमजोरीहरूको पनि जिम्मेवार भएको बताए । उनले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले फूल नदेखेर काँडा मात्रै देखेको टिप्पणी गरे । ओलीले यस्तो प्रवृत्ति त्याग्नुपर्ने उनको भनाई छ । मुलुकको अर्थतन्त्रको जटिलताको जिम्मेवार वर्तमान सरकार मात्रै नभएको उनले स्पष्ट पारे ।
नेपाली कांग्रेसका सांसद उदय शमशेर राणाले नीति कार्यक्रम सामान्य रूपले आएको बताए । उनले नीति कार्यक्रम अझ अझ विशिष्टीकृत रूपमा आउनुपर्ने धारणा व्यक्त गरे ।
नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले संसदमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कुण्ठा व्यक्त गरेको बताए । उनले ओलीले संसदमा हेडसरले जसरी पढाएको भन्दै त्यस्तो शैली गलत भएको बताए । सरकारको प्राथमिकता निर्माण गरिएका कार्यक्रमहरूलाई र यसभन्दा अगाडिका राम्रा कार्यक्रमहरूलाई प्रभावकारी तरिकाले कार्यान्वयन गर्ने हुनुपर्ने उनले उल्लेख गरे ।
नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले देशलाई दिशानिर्देश गर्न नसक्ने बताए । नीति तथा कार्यक्रम पुर्नलेखन गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको उनले स्पष्ट पारे ।
त्यस्तै एमाले सांसद गोकुल बाँस्कोटाले एमाले अध्यक्ष ओलीले राष्ट्रिय नेताको तहबाट हेर्दा नीति कार्यक्रममा देखिएको कमी, कमजोरीलाई संसदबाट औँल्याएका बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण