धनगढीमा अन्तरपालिका टीट्वान्टी क्रिकेट प्रतियोगिता सुरु
काठमाडौँ । कैलालीको धनगढी र लम्की चुहामा कैलाली प्रिमियर लिग टीट्वान्टी क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । प्रतियोगितामा कैलाली र कञ्चनपुरका स्थानीय तहहरुको टीमले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको धनगढीमा प्रदेशसभा सदस्य ललिता सुनारले उद्घाटन गरिन् । प्रतियोगिताको पहिलो दिन धनगढीमा भएको खेलमा धनगढी उपमहानगरपालिका विजयी भएको छ । धनगढीले पुर्नवास नगरपालिकालाई हराएको हो ।
लम्की चुहा नगरपालिकामा भएको खेलमा लम्की चुहा नगरपालिका विजयी भएको छ । लम्की चुहाले बर्दगोरिया गाउँपालिकालाई हराएको हो । कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगिता जेठ १३ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख ५१ हजार र उपविजेताले ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद १० हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
-
युद्ध अन्त्य गर्ने सम्झौता अमेरिकाको हार : इरानी पत्रपत्रिका
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
-
तनहुँमा १९ जना शङ्कास्पद व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण