धनगढीमा अन्तरपालिका टीट्वान्टी क्रिकेट प्रतियोगिता सुरु

काठमाडौँ । कैलालीको धनगढी र लम्की चुहामा कैलाली प्रिमियर लिग टीट्वान्टी क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । प्रतियोगितामा कैलाली र कञ्चनपुरका स्थानीय तहहरुको टीमले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको धनगढीमा प्रदेशसभा सदस्य ललिता सुनारले उद्घाटन गरिन् । प्रतियोगिताको पहिलो दिन धनगढीमा भएको खेलमा धनगढी उपमहानगरपालिका विजयी भएको छ । धनगढीले पुर्नवास नगरपालिकालाई हराएको हो ।
लम्की चुहा नगरपालिकामा भएको खेलमा लम्की चुहा नगरपालिका विजयी भएको छ । लम्की चुहाले बर्दगोरिया गाउँपालिकालाई हराएको हो । कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगिता जेठ १३ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख ५१ हजार र उपविजेताले ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद १० हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
-
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड
-
शनिबारदेखि वीरेन्द्रनगरमा ‘कर्णाली छोरी सम्मेलन’, प्रदेशका दुई सय छोरीहरू सहभागी हुँदै
-
वन्यजन्तुपीडितले पाएनन् राहत रकम
-
गाजामा दुई इजरायली सैनिकको मृत्यु, तीन घाइते
-
पहलगाम आतङ्कवादी हमलाको जसपा नेपालद्वारा निन्दा, क्षेत्रीय शान्तिका लागि संवादको आग्रह