करिश्मालाई ‘दादासाहेब फाल्के फिल्म फाउन्डेसन अवार्ड’
सोमबार, ०८ जेठ २०८०, ११ : ५६
काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धर र निर्देशक आकाश अधिकारीले भारतमा ‘दादासाहेब फाल्के फिल्म फाउन्डेसन अवार्ड २०२३’ प्राप्त गरेका हुन् । उनीहरूलाई आइतबार मुम्बईमा आयोजित एक समारोहकाबीच मानार्थ अवार्ड दिइएको हो ।
अभिनेत्री करिश्माले आफूले अवार्ड पाएको खुसी सामाजिक सञ्जाल मार्फत शेयर गरेकी छन् । उनले तस्बिरका साथ लेखेकी छन्, ‘कला एक विश्वव्यापी भाषा हो । यसको माध्यमबाट प्रत्येक राष्ट्रले मानव जातिको संस्कृतिमा आ–आफ्नो अद्वितीय योगदान दिन्छ । यसको कुनै सीमा छैन । यसले सबै बाधाहरू पार गर्दै मानिसहरूको जीवनलाई समृद्ध बनाउन पुग्छ । हाम्रो नेपाली चलचित्र उद्योगको यो सम्मानजनक पहिचानको लागि दादासाहेब फाल्के फिल्म फाउन्डेसनलाई धन्यवाद ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण