मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

करिश्मालाई ‘दादासाहेब फाल्के फिल्म फाउन्डेसन अवार्ड’

सोमबार, ०८ जेठ २०८०, ११ : ५६
सोमबार, ०८ जेठ २०८०

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धर र निर्देशक आकाश अधिकारीले भारतमा ‘दादासाहेब फाल्के फिल्म फाउन्डेसन अवार्ड २०२३’ प्राप्त गरेका हुन् । उनीहरूलाई आइतबार मुम्बईमा आयोजित एक समारोहकाबीच मानार्थ अवार्ड दिइएको हो ।

अभिनेत्री करिश्माले आफूले अवार्ड पाएको खुसी सामाजिक सञ्जाल मार्फत शेयर गरेकी छन् । उनले तस्बिरका साथ लेखेकी छन्, ‘कला एक विश्वव्यापी भाषा हो । यसको माध्यमबाट प्रत्येक राष्ट्रले मानव जातिको संस्कृतिमा आ–आफ्नो अद्वितीय योगदान दिन्छ । यसको कुनै सीमा छैन । यसले सबै बाधाहरू पार गर्दै मानिसहरूको जीवनलाई समृद्ध बनाउन पुग्छ । हाम्रो नेपाली चलचित्र उद्योगको यो सम्मानजनक पहिचानको लागि दादासाहेब फाल्के फिल्म फाउन्डेसनलाई धन्यवाद ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप