राप्रपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि, प्रदेश खारेजीको प्रस्ताव
काठमाडौँ । राप्रपा नेपाल केन्द्रीय कार्य समिति र जिल्ला अध्यक्षहरूको संयुक्त बिस्तातित बैठक आज काठमाडौँमा बस्ने भएको छ । बैठकमा पार्टी अध्यक्ष कमल थापाद्वारा 'वर्तमान परिस्थिति एवं राप्रपा नेपालको वैचारिक ,साङ्गठनिक तथा रणनीतिक कार्यदिशा र कार्ययोजना' विषयमा राजनीतिक कार्यपत्र प्रस्तुत हुनेछ ।
महामन्त्रीहरू भास्कर भद्रा, सुशील श्रेष्ठ ,राजाराम बर्तौला र केशवराज श्रेष्ठद्वारा प्रस्तुत सचिवालय , प्रशिक्षण ,सङ्गठन र युवा स्मार्ट पार्टी निर्माण सम्बन्धी प्रतिवेदन तथा कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
सङ्घीयता मुलुकले धान्न नसक्ने भन्दै केन्द्रमा बलियो सरकार र तल्लो तहमा अधिकार सम्पन्न स्थानीय निकाय भए पुग्ने भएकोले बिचको प्रदेशको संरचना खारेज गर्नुपर्ने बारेमा केन्द्रीय समितिमा छलफल हुने समेत जनाइएको छ ।
प्रदेश संरचना खारेज गर्नुपर्ने माग राख्ने पार्टीले पार्टीको प्रदेश कार्यसमिति पनि हटाउनु पर्नेमा बैठकले निर्णय लिन सक्नेछ । बैठकमा जनबर्गिय सङ्गठन ,विभाग र समितिहरूको ६ महिने कार्ययोजनाहरु पनि प्रस्तुत हुनेछ। बैठक भोलि सम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण