बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

अभिनेता आदित्य सिंह राजपूत मृत्युमा 'लागु औषधको कनेक्सन'

मङ्गलबार, ०९ जेठ २०८०, ०८ : ००
मङ्गलबार, ०९ जेठ २०८०

मुम्बई । भारतीय अभिनेता, मोडल तथा कास्टिङ डिरेक्टर आदित्य सिंह राजपूत मृत भेटिएका छन् । ‘मैंने गान्धीको नहीँ मारा’ र ‘क्रान्तिवीर’ जस्ता फिल्मका अभिनेता आदित्य मुम्बईको अँधेरीस्थित घरको बाथरुममा मृत भेटिएका हुन् । यद्यपि उनको मृत्युको कारण के हो भन्ने हालसम्म खुल्न सकेको छैन ।

आदित्यका साथी र भवनको सुरक्षागार्डले आदित्यलाई तुरुन्त अस्पताल पु¥याए पनि डाक्टरले उनलाई बचाउन सकेनन् । प्रहरीले आदित्यको निधनको कारण लागुऔषधको ओभरडोज हुनसक्ने अनुमान लगाएको छ । यद्यपि प्रहरी यो मामलामा अनुसन्धानमा जुटेको छ ।

आदित्यको निधन पछि फिल्म जगतमा सन्नाटा छाएको छ । आदित्यले रियालिटी शो ‘स्प्लिटस्विला’मा पनि आफ्नो उपस्थिति जनाइसकेका छन् । उनले करिब ३ सय बढी विज्ञापनमा काम गरेका छन् । 

आदित्यले १७ वर्षको उमेरमा मनोरञ्जन क्षेत्रमा करियर सुरु गरेका थिए । उनी केही समय यता एक प्रोडक्सन हाउसमा जोडिएका थिए र कास्टिङको काममा बढी ध्यान दिइरहेका थिए । उनी अधिकांश समय पेज थ्री इभेन्टमा देखिन्थे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप