फिफा विश्वकप २०२६
पानामा र क्रोएसियाबिचको पहिलो हाफ गोलरहित बराबरी
बुधबार, १० असार २०८३, ०५ : ३८
सारांश
- फिफा विश्वकप २०२६ को समूह 'एल' अन्तर्गत पानामा र क्रोएसियाबिचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
- समूह चरणको पहिलो खेलमा पराजय भोगेका यी दुवै टोलीका लागि आजको खेलमा जित निकाल्नु अनिवार्य छ ।
- अबको दोस्रो हाफ दुवै टोलीका लागि निर्णायक हुनेछ, जसले विश्वकप यात्रालाई प्रभावित गर्नेछ ।
काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह ‘एल’ अन्तर्गत पानामा र क्रोएसियाबिचको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । क्यानडाको टोरन्टो स्टेडियममा नेपाली समय अनुसार बुधबार बिहान ४ः४५ बजे सुरु भएको खेलमा मध्यान्तरसम्म दुवै टोलीले कुनै गोल गर्न सकेका छैनन् ।
समूह चरणको पहिलो खेलमा पराजय भोगेका यी दुवै टोलीका लागि आजको खेलमा जित निकाल्नु अनिवार्य छ ।
यसै समूहको अघिल्लो खेलमा इङ्गल्याण्ड र घानाले गोलरहित बराबरी खेल्दै समान ४–४ अंक जोडेर शीर्ष स्थानमा रहेका छन् । आजको खेलमा जित निकाल्ने टोलीले ३ अंक जोड्दै नकआउट चरणको सम्भावनालाई जीवित राख्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तपाईँको दिमाग पनि समयभन्दा पहिले नै बूढो भइरहेको छ कि ?
-
गर्मीमा मोही खाँदा यी रोग पनि हुन्छन् टाढा
-
बुडिमिरको गोलमा क्रोएसियाको जित, पानामा समूह चरणबाटै बाहिरियो
-
लन्डनमा नेपाली विद्यार्थीको रहस्यमय मृत्यु
-
रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री शाहका सचिवालयका तीन जनाको उम्मेदवारी
-
मनसुनी वायु फैलिने क्रम जारी, आज कहाँ-कहाँ हुनेछ वर्षा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण