चट्याङ लागेर रौतहटमा महिलाको मृत्यु
मङ्गलबार, ०९ जेठ २०८०, ०९ : २५
रौतहट । रौतहटमा मंगलबार बिहान चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ। वर्षा र हावाहुरीसँगै परेको चट्याङ लागेर मौलापुर नगरपालिका पतौरागाउँकी ३५ वर्षीया प्रतिमा देवीको मृत्यु भएको हो।
आफ्नो गोठ नजिकैको ट्युबवेलमा पानी भर्ने क्रममा बिहान ७ बजे चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर नन्दकिशोर चौहानले जानकारी दिए । मृतक महिलाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा पठाउने तयारी छ। रौतहटमा बिहानैदेखि हावाहुरी र मेघगर्जनसहित वर्षा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण