चट्याङ लागेर रौतहटमा महिलाको मृत्यु
मङ्गलबार, ०९ जेठ २०८०, ०९ : २५

रौतहट । रौतहटमा मंगलबार बिहान चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ। वर्षा र हावाहुरीसँगै परेको चट्याङ लागेर मौलापुर नगरपालिका पतौरागाउँकी ३५ वर्षीया प्रतिमा देवीको मृत्यु भएको हो।
आफ्नो गोठ नजिकैको ट्युबवेलमा पानी भर्ने क्रममा बिहान ७ बजे चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर नन्दकिशोर चौहानले जानकारी दिए । मृतक महिलाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा पठाउने तयारी छ। रौतहटमा बिहानैदेखि हावाहुरी र मेघगर्जनसहित वर्षा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजना नीति तथा कार्यक्रममा किन समेटिएन ?
-
फेवातालमा पर्यटक सवार डुङ्गा पल्टियो
-
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले गर्यो अनिश्चितकालीन आन्दोलनको घोषणा
-
अध्यक्ष प्रचण्ड र भाजपा नेता कोशियारीबिच भेटवार्ता
-
निरञ्जनी अखडाका प्रमुख गिरीले भेटे देउवालाई
-
नेपाल–भारत सीमानामा ‘हाई अलर्ट’