शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

‘आदित्य बाथरुममा चिप्लिएका थिए, ड्रग ओभरडोजको खबर बकवास’

मङ्गलबार, ०९ जेठ २०८०, १३ : ४३
मङ्गलबार, ०९ जेठ २०८०

सोमबार टिभी अभिनेता आदित्य सिंह राजपुतको शङ्कास्पद परिस्थितिमा मृत्यु भयो । उनी आफ्नो अँधेरीस्थित घरको बाथरुममा बेहोस अवस्थामा भेटिएका थिए । सूचना पाएपछि आदित्यका साथी आएर उनलाई अस्पताल लगे जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरे । घटना शङ्कास्पद भएकाले प्रहरी पनि यसमा संलग्न भएको छ ।

बाथरुममा चिप्लिएर लडेर आदित्यको मृत्यु भएको प्रहरीले जनाएको छ । आदित्यको कान र टाउकोमा दुई वटा चोटको निशान देखिएको छ । आदित्यको घरमा काम गर्ने सहयोगीले उनी केही दिनदेखि बिरामी रहेको बताइन् । उनलाई त्यस दिन बान्ता पनि भइरहेको उनले जानकारी दिइन् ।

आदित्यलाई बिहानैदेखि बान्ता भइरहेको थियो, बाथरुम गएपछि बेहोस भए

उनकी सहयोगीका अनुसार आदित्य सोमबार बिहान ११ बजे उठेका थिए । उनले बिहानको खाजामा पराठा खाए तर खाएपछि उनलाई लगातार बान्ता हुन थाल्यो । त्यसपछि उनले खिचडी बनाउन भने ।

आदित्य दिउँसो २ देखि २.३० बजेको बीचमा बाथरुम गएका थिए । त्यसपछि बाथरुमबाट ठुलो आवाज आयो । त्यसपछि सहयोगीले आदित्यलाई भुईँमा लडिरहेको देखिन् । सहयोगी तत्काल सुरक्षाकर्मी भएतिर दौडिइन् । सुरक्षाकर्मीले बाथरुमको टायल फुटेको देखे । ती सुरक्षाकर्मीले आदित्यलाई उठाएर खाटमा सुताइदिए । नजिकैको डाक्टर बोलाइयो । डाक्टरले आदित्यलाई अस्पताल लैजानुपर्ने बताए ।

आज पोस्टमार्टम हुने, आदित्यकी आमा पनि पुगिन्

डाक्टरको सुझावपछि आदित्यकी एक महिला साथीलाई घटनाबारे जानकारी गराइयो । त्यसपछि प्रहरीलाई पनि खबर गयो । त्यसपछि आदित्यलाई निजी अस्पतालमा भर्ना गरिएको थियो तर त्यहाँबाट तत्कालै जोगेश्वरीको ट्रमा केयरमा सारिएको थियो । त्यहाँ आदित्यको मृत्यु भइसकेको थाहा भयो ।

हाल प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ । आदित्यकी आमा पनि मुम्बई पुगेकी छिन् । पोस्टमार्टम आजै सिद्धार्थ अस्पतालमा हुने भएको छ । परिवार तयार भए आजै अन्तिम संस्कार पनि गरिने छ ।

‘ड्रग ओभरडोजको खबर बेकारको’

आदित्य जुन स्थानमा बस्थे त्यहाँका केही मानिसले  लागू औषधको ओभरडोजको खबरलाई बकवास बताएका छन् । केही मानिसले यसलाई मिडियाको फन्डा भएको आरोप लगाएका छन् । उनीहरुले आदित्यलाई निकै रमाइलो व्यक्ति भनेका छन् । उनलाई धेरैले प्रेरणाको रूपमा हेर्ने गरेको पनि उनीहरुले बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप