शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पोखरामा हुने भनिएको मुख्यमन्त्रीहरूको भेला अनिश्चितकालका लागि स्थगित

मङ्गलबार, ०९ जेठ २०८०, १४ : २८
मङ्गलबार, ०९ जेठ २०८०

पोखरा । सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला अनिश्चितकालका लागि स्थगित भएको छ । गण्डकी प्रदेशको आयोजनामा बुधबार पोखरामा हुने भनिएको अन्तर प्रदेश मुख्यमन्त्रीहरूको भेला स्थगित भएको गण्डकीका मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले बताए । 

‘गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा गण्डकी प्रदेश सरकारको अनुभव आदानप्रदान गर्ने उद्देश्यले जेठ १० गते पोखरामा हुने भनिएको अन्तर प्रदेश मुख्यमन्त्री बैठक तत्कालका लागि स्थगित भएको छ,’ प्रेस संयोजक सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रधानमन्त्रीको पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताले मुख्यमन्त्रीहरूको भेला स्थगित भएको बताइएको छ ।  

‘मुख्यमन्त्रीहरूको भेलामा प्रधानमन्त्रीलाई पनि उपस्थित गराउने भन्ने थियो । तर, प्रधानमन्त्री ज्यूको व्यस्तताले गर्दा कार्यक्रम स्थगित भयो,’ स्रोतले भन्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप