पोखरामा हुने भनिएको मुख्यमन्त्रीहरूको भेला अनिश्चितकालका लागि स्थगित
पोखरा । सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला अनिश्चितकालका लागि स्थगित भएको छ । गण्डकी प्रदेशको आयोजनामा बुधबार पोखरामा हुने भनिएको अन्तर प्रदेश मुख्यमन्त्रीहरूको भेला स्थगित भएको गण्डकीका मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले बताए ।
‘गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा गण्डकी प्रदेश सरकारको अनुभव आदानप्रदान गर्ने उद्देश्यले जेठ १० गते पोखरामा हुने भनिएको अन्तर प्रदेश मुख्यमन्त्री बैठक तत्कालका लागि स्थगित भएको छ,’ प्रेस संयोजक सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्रीको पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताले मुख्यमन्त्रीहरूको भेला स्थगित भएको बताइएको छ ।
‘मुख्यमन्त्रीहरूको भेलामा प्रधानमन्त्रीलाई पनि उपस्थित गराउने भन्ने थियो । तर, प्रधानमन्त्री ज्यूको व्यस्तताले गर्दा कार्यक्रम स्थगित भयो,’ स्रोतले भन्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण