जनताको पक्षमा बजेट आओस् : सांसद रायमाझी
काठमाडौँ । नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभामा संसदीय दलका नेता रमेशजङ्ग रायमाझीले प्राथमिकता प्राप्त आयोजनालाई पर्याप्त बजेट विनियोजन गरिनुपर्ने बताएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०÷८१ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले निर्धारित समयमै आयोजना सम्पन्न हुने गरी बजेट निर्माण गरिनुपर्नेमा जोड दिए ।
“रु १० करोड लाग्ने आयोजना छ, तर बजेट रु एक करोड मात्र छुट्ट्याइएको छ, न योजना सफल हुन्छ, न कार्यान्वयन हुन्छ”, रायमाझीले भने, “नीति कार्यक्रमअनुसार बजेट ल्याइनुपर्छ, जनताको पक्षमा, विकास र परिवर्तनको पक्षमा बजेट आओस् ।”
सत्तामा बस्नेले ल्याएको नीति कार्यक्रमलाई प्रतिपक्षीले आलोचना मात्रै गर्ने र सत्तामा रहनेले समर्थन मात्रै गर्ने गरिएकातर्फ असन्तुष्टि व्यक्त गर्दै उनले प्रतिपक्षीले उठाएका राम्रा विषयलाई सरकारकाले ध्यान दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण