विराट कोहलीले तोडे मौनता, लेखे भावुक पोस्ट
नयाँ दिल्ली । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) आईपीएलबाट बाहिरिएकोमा आफ्नो मौनता तोड्दै विराट कोहलीले भावुक पोस्ट लेखेका छन् । आईपीएलको यो सिजनमा ट्रफी नउठ्दाको पीडा यो पोस्टमा प्रष्ट देखिन्छ ।
उनले ट्वीटमा लेखेका छन्, ‘यस सिजनमा यस्ता धेरै पल थिए, जसलाई भुल्न सकिँदैन तर हामीले लक्ष्य गुमायौँ । हामी पक्कै निराश छौँ तर हामीले आफ्नो शीर माथि राख्नुपर्छ। म टोलीका वफादार समर्थकहरूप्रति आभारी छु। म मेरो टोलीका प्रशिक्षक, व्यवस्थापन र टोलीका सदस्यहरूलाई धन्यवाद दिन्छु। हाम्रो लक्ष्य अर्को पटक अझ बलियो भएर मैदानमा उत्रिने हो।'
बेङ्लोरले लिगको अन्तिम खेलमा गुजरातसँग हार बेहोरेको थियो । आरसीबीले अहिलेसम्म आईपीएलको उपाधि जित्न सकेको छैन । आईपीएलको दोस्रो सिजनमा आरसीबी फाइनलमा पुगेको थियो तर हारेको थियो । यसबाहेक आरसीबी २०११ र २०१६ मा पनि फाइनलमा पुगेको थियो । तर टोलीले उपाधि जित्न सकेन ।
२००९ मा आरसीबी डेक्कन चार्जर्ससँग पराजित भयो, २०११ मा विराटको टोली चेन्नई सुपर किंग्ससँग पराजित भयो। २०१६ मा टोली फाइनलमा सनराइजर्स हैदरावादसँग पराजित भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण