सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सांसद विकास कोष ब्युँताउनु नीतिगत भ्रष्टाचार हो : सुमना श्रेष्ठ

बुधबार, १० जेठ २०८०, १२ : २१
बुधबार, १० जेठ २०८०

काठमाडौँ । रास्वपा सांसद सुमना श्रेष्ठले सांसद विकास कोषमार्फत पैसा वितरण कार्य रोक्नुपर्ने माग गरेकी छन् ।  

बुधवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले २०७६ सालयता मात्र १७ अर्ब रुपैयाँ वितरण भएकाले अब सांसद विकास कोष बन्द गर्नुपर्ने बताइन् । 

सांसद विकास कोष ब्युँताउनु नीतिगत भ्रष्टाचार हुने भएकाले यसलाई रोक्नुपर्ने भन्दै उनले सांसद विकास कोषको विपक्षमा रास्वपा रहेको जानकारी दिइन् । सांसद विकास कोष ब्युँताउन नहुने भन्दै उनले रुलिङको मागसमेत गरिन् ।  

साथै १ जेठमा नक्कली भुटानी प्रकरणसहितको विषयलाई लिएर आफूले दर्ता गरेको सङ्कल्प प्रस्ताव टेबुल नहुनुको कारण पनि सभामुख देवराज घिमिरेसँग उनले जवाफ मागिन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप