सांसद विकास कोष ब्युँताउनु नीतिगत भ्रष्टाचार हो : सुमना श्रेष्ठ
बुधबार, १० जेठ २०८०, १२ : २१
काठमाडौँ । रास्वपा सांसद सुमना श्रेष्ठले सांसद विकास कोषमार्फत पैसा वितरण कार्य रोक्नुपर्ने माग गरेकी छन् ।
बुधवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले २०७६ सालयता मात्र १७ अर्ब रुपैयाँ वितरण भएकाले अब सांसद विकास कोष बन्द गर्नुपर्ने बताइन् ।
सांसद विकास कोष ब्युँताउनु नीतिगत भ्रष्टाचार हुने भएकाले यसलाई रोक्नुपर्ने भन्दै उनले सांसद विकास कोषको विपक्षमा रास्वपा रहेको जानकारी दिइन् । सांसद विकास कोष ब्युँताउन नहुने भन्दै उनले रुलिङको मागसमेत गरिन् ।
साथै १ जेठमा नक्कली भुटानी प्रकरणसहितको विषयलाई लिएर आफूले दर्ता गरेको सङ्कल्प प्रस्ताव टेबुल नहुनुको कारण पनि सभामुख देवराज घिमिरेसँग उनले जवाफ मागिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण