भक्तपुर र मकवानपुरलाई रग्बी उपाधि
हेटौँडा । भक्तपुर र मकवानपुरले दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत रग्बीको उपाधि शनिबार जितेका छन् । भक्तपुर पुरुष तथा मकवानपुर महिलामा च्याम्पियन बनेका हुन् ।
हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा भएको पुरुष फाइनलमा भक्तपुरले मकवानपुरलाई ३१–५ स्कोरले पराजित ग¥यो । भक्तपुरका सुरज रानाले २ तथा प्रवेश पनेरु, रमेश बानियाँ र नरेन्द्रप्रसाद जोशीले १ ट्राई गरे । १ ट्राईबाट ५ अङ्क प्राप्त हुन्छ । भक्तपुरका निरोज कार्कीले ३ कन्भर्सनबाट ६ स्कोर बटुले । १ कन्भर्सन वापत २ अङ्क दिइन्छ । मकवानपुरका अनिश तामाङले १ ट्राई गरे ।
महिलाको उपाधि भिडन्तमा मकवानपुरले ललितपुरलाई १७–१० स्कोरले हरायो । विजयी टिमका लागि पुष्पा खड्काले २ तथा मनीषा घिसिङले १ ट्राई गरे । मकवानपुरकी ज्योतिका बम्जनले १ कन्भर्सन गरिन् । ललितपुरका कमला राई र प्रेक्षा वाग्लेले समान १–१ ट्राई गरे ।
मकवानपुरको महिला टोलीले उपाधि निश्चित गरेपछि मैदानमा खुसीयाली मनाइ राख्दा हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामा मैदानमै पुगेर टोलीलाई बधाई दिएकी थिइन् ।
दुई दिने प्रतियोगिताको पुरुषमा ८ तथा महिलामा ५ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । बागमती प्रदेश खेलकुदमा रग्बी पहिलो पटक समावेश गरिएको हो । विभिन्न १३ खेल समावेश बागमती प्रदेश खेलकुदअन्तर्गत अब पुरुष फुटबलको फाइनल मात्र बाँकी छ । फुटबल फाइनल शनिबारै अपरान्ह ४ः०० बजे पिप्ले क्याम्पा रंगशालामा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण