नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री
शनिबार, १३ जेठ २०८०, १७ : ३०
काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभामा नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने भएका छन् । विशेष सम्बोधनमार्फत प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने भएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १० गते प्रतिनिधि र राष्ट्रिय सभाको संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यही विषयमा उठेका प्रश्नको जवाफ दिने गरी डाकिएको आजको बैठक १ घन्टा ढिला गरि सुरु भइसकेको छ ।
आज प्रधानमन्त्री दाहालले जवाफ दिएपछि नीति तथा कार्यक्रमको छलफल सकिनेछ । यस्तै, भोलि आइतबार विहान ११ बजेलाई समेत संयुक्त बैठकले यसलाई पारित गर्नेछ भने सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
-
शपथ लिएपछि आफैँ गाडी हाँकेर सिंहदरबार पुगे सुधन गुरुङ
-
पूर्वी रुकुमबाहेक रास्वपा लुम्बिनीका सबै जिल्लामा अधिवेशन सम्पन्न
-
छानबिन प्रतिवेदन र सुधनको पुनरागमनले स्थापित गरेका चार गलत नजिर
-
मन्त्री पुनले गरे पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण