नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री
शनिबार, १३ जेठ २०८०, १७ : ३०

काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभामा नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने भएका छन् । विशेष सम्बोधनमार्फत प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने भएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १० गते प्रतिनिधि र राष्ट्रिय सभाको संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यही विषयमा उठेका प्रश्नको जवाफ दिने गरी डाकिएको आजको बैठक १ घन्टा ढिला गरि सुरु भइसकेको छ ।
आज प्रधानमन्त्री दाहालले जवाफ दिएपछि नीति तथा कार्यक्रमको छलफल सकिनेछ । यस्तै, भोलि आइतबार विहान ११ बजेलाई समेत संयुक्त बैठकले यसलाई पारित गर्नेछ भने सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदैछ ।