सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित
काठमाडौँ । सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक बर्ष २०८०–०८१ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार राति बसेको प्रतिनिधिसभाको बैठकले कार्यक्रम पारित गरेको हो ।
गत जेठ ७ गतेदेखि १३ गतेसम्म नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल भएको थियो । छलफलको अन्तिम दिन प्रधानमन्त्री प्रचण्डले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए । सरकारको नीति तथा कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्षका गरी २० सांसदले संशोधन प्रस्ताव पेश गरेका थिए ।
आजको बैठकमा ति संसोधन प्रस्तावहरुलाई फिर्ता लिन समय दिइएको थियो भने फिर्ता नलिइएका प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । कांग्रेसका सांसदहरु श्यामकुमार घिमिरे र दिलेन्द्रप्रसाद बडुले संशोधन प्रस्ताव फिर्ता लिएका थिए । यस्तै सांसद गंगाराम चौधरीले पनि संसोधन प्रस्ताव फिर्ता लिएका थिए ।
राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी, रास्वपा सांसद डा.चन्दा कार्कीको संशोधन प्रस्ताव पनि बहुमतले अस्वीकृत भयो । प्रतिपक्षी दलका सांसदहरुले राखेको संशोधन प्रस्ताव फिर्ता लिएनन् । उनीहरुको संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले अस्वीकृत भएको थियो ।
राष्ट्रियसभाबाट यसअघि नै वार्षिक नीति तथा कार्यक्रम पारित भइसकेको छ । सरकारले यही जेठ १५ गते आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेट प्रस्तुत गर्दैछ । प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महावीर पुनको नवप्रवर्तन यात्रा : नील आर्मस्ट्रङलाई चिठीदेखि कृषि कारखानासम्म
-
तस्बिरमा हेर्नुहाेस् मन्त्रीहरूकाे शपथ ग्रहण
-
इरानमा युद्धविराम सम्झौताको आशासँगै ओर्लियो तेलको भाउ
-
निर्माण व्यवसायीद्वारा देशभर सञ्चालित आयोजनामा एकमुष्ट म्याद थपको माग
-
इजरायली आक्रमणमा इरानी वायु रक्षा इकाइका दुई सदस्य मारिए
-
नयाँ मन्त्रीको वरीयताः सुधनलाई पाँचौं, महावीर आठौं
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण