गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग
बुटवल । रुपन्देहीका व्यवसायीहरूले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित रूपमा सञ्चालनका लागि पहल गरिदिन लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरूसँग माग गरेका छन् । उनीहरुले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुँदा यस क्षेत्रको विकासमा बाधा पुगेको गुनासो गरेका हुन् ।
शनिवार लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री सन्तोषकुमार पाण्डेय र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सिके) गुप्ताको स्वागत कार्यक्रममा उद्योगी व्यवसायीहरूले यस्तो माग गरेका हुन् । उनीहरुले विगतमा पनि विमानस्थल पूर्ण र नियमित रूपमा सञ्चालनका लागि विभिन्न दबाबमूलक कार्यक्रम गरेको बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को भारत भ्रमण अघि नै विमानस्थलबारे भारत सरकारसँग छलफल गर्न प्रदेश सरकारले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनीहरूको भनाइ छ । कार्यक्रम चेम्बर अफ कमर्स र उद्योग व्यापार सङ्गठन रुपन्देहीले भैरहवामा आयोजना गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिला फेला
-
नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छ : एमाले महासचिव
-
सानेपामा ‘श्रावण मेला’ सुरु : मेहेन्दी, भजन कन्सर्ट र सिङ्गारका स्टलमा आकर्षण
-
६–६ महिनामा प्रदेश सरकार फेर्नुभन्दा स्थायी गठबन्धन बनाएर चलाऔँ : डा.भट्टराई
-
सर्वोच्चको अन्तरिम आदेशले हाम्रो सम्पत्ति जोखिममा पर्यो : सिभिल सहकारी पीडित
-
कर्णाली प्रदेशसभा बैठक सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण