मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग

शनिबार, १३ जेठ २०८०, २२ : ३२
शनिबार, १३ जेठ २०८०

बुटवल । रुपन्देहीका व्यवसायीहरूले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित रूपमा सञ्चालनका लागि पहल गरिदिन लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरूसँग माग गरेका छन् । उनीहरुले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुँदा यस क्षेत्रको विकासमा बाधा पुगेको गुनासो गरेका हुन् ।

शनिवार लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री सन्तोषकुमार पाण्डेय र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सिके) गुप्ताको स्वागत कार्यक्रममा उद्योगी व्यवसायीहरूले यस्तो माग गरेका हुन् । उनीहरुले विगतमा पनि विमानस्थल पूर्ण र नियमित रूपमा सञ्चालनका लागि विभिन्न दबाबमूलक कार्यक्रम गरेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को भारत भ्रमण अघि नै विमानस्थलबारे भारत सरकारसँग छलफल गर्न प्रदेश सरकारले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनीहरूको भनाइ छ । कार्यक्रम चेम्बर अफ कमर्स र उद्योग व्यापार सङ्गठन रुपन्देहीले  भैरहवामा आयोजना गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप