बागमतीको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत हुँदै
हेटौँडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । उक्त बैठकमा बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिउँसो २ बजेका लागि प्रदेशसभा बैठक तय गरिएको छ । उक्त बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधनसहित प्रदेश सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
प्रदेशसभाको उक्त बैठकमा प्रदेश प्रमुखलाई धन्यवाद ज्ञापन सम्बन्धी प्रस्ताव पनि पारित गरिने बागमती प्रदेशसभा सचिवालयले जनाएको छ भने प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संसद्मा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई छलफलका लागि टेबुल गर्नेछन् । सचिवालयका अनुसार टेबुल भएको नीति तथा कार्यक्रममाथि आगामी प्रदेशसभा बैठकमा छलफल हुनेछ ।
यसअघि गत जेठ ९ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारले सदनमा प्रस्तुत गरेको विनियोजित विधेयक २०८०-०८१ को सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरिएको थियो भने जेठ ११ गते उक्त सिद्धान्त र प्राथमिकतामाथिको छलफल गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण