‘नीरफूल’ अर्ग्यानिक छ–अभिनेता दयाहाङ
काठमाडौँ । अभिनेता दयाहाङ राईले ‘नीरफूल’ मौलिक स्वादमा बनेको फिल्म भएको बताएका छन् । राजधानीमा हालै आयोजित एक कार्यक्रममा बोल्दै उनले फिल्मले सबैको मन जित्नसक्ने विश्वास व्यक्त गरे ।
‘यो फिल्म खिच्न गणेश हिमाल मुनिको रुवी भ्यालीमा हामी बहुत मुश्किलले पुगेका थियौं’, उनले भने, ‘मेहनतले राम्रै काम पनि गरेको छ । मैले अभिनय गरेको राम्रा फिल्ममध्ये यो पनि एक हो ।¬’ उनले फिल्मको विषयवस्तु मौलिक भएकोले विषयवस्तुलाई मौलिक ढंगले नै पस्किन खोजिएको सुनाए ।
यतिबेला उच्च सफलता हासिल गरिरहेको फिल्म जारी सांस्कृतिक फिल्म भएकाले चलेको बताएका राईले थपे, ‘मेरा कैयौं फिल्मले ५१ दिन मनाउँदै व्यावसायिक सफलताको रेकर्ड पनि तोडेका छन् । तथापि विषयवस्तु र मौलिकताको हिसाबले मलाई जारी जस्तै अत्यन्त मन परेको अर्को फिल्म नीरफूल हो ।’
अभिनेता राईले सन १९४८ मा बनेको इटालियन नवयथार्थवादी फिल्म ‘द बाइसाइकल थिफ’ र सत्यजित रेको ‘पाथेर पाञ्चली’ जस्ता सधँै बाँचिरहने फिल्ममा काम गर्न मन लागेको पनि सुनाए । ‘नीरफूलबारे चाहिँ यति भन्छु कि यसले हाम्रै समाजको कथालाई हाम्रै सुन्दर दृश्यमार्फत व्यक्त गरेको छ’, उनले थपे, ‘यो चलचित्रमा हामीले भोगेको समयको कथा भेटिनेछ ।’
कोरोना महामारीको कारण यसअघि रिलिज रोकिएको यो फिल्म जेठ २६ शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्म फूलमान वलले निर्देशन गरेका हुन् । फिल्ममा दयाहाङका अलवा बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइबा, राजन खतिवडा सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबालगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण