बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

नक्कली शरणार्थी प्रकरण : तीन आरोपितसँग आइतबार लिइयो बयान

आइतबार, १४ जेठ २०८०, १६ : ५५
आइतबार, १४ जेठ २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको हिरासतमा रहेकामध्ये तीन जनाले आइतबार काठमाडौं जिल्ला अदालतमा बयान दिएका छन् । आइतबार अदालतमा सन्दीप रायमाझी, टंककुमार गुरुङ र लक्ष्मी महर्जनले बयान दिएका हुन् ।

बयानका लागि इन्द्रजित राई, टंककुमार र सन्दीपलाई लगिएको भए पनि विभिन्न कारण देखाउँदै इन्द्रजितले बयान नदिएपछि उनको ठाउँमा लक्ष्मी महर्जनको बयान लिइएको हो । जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीन जना आरोपितको बयान क्रमैसँग लिइएको हो । तीनै जनासँग बयान लिने काम सकिएको छ । इन्द्रजित राईसँग भने अब मंगलबारमात्र बयान लिइने भएको छ । सोमबार सार्वजनिक बिदा परेका कारण उनको बयान मंगलबारमात्र हुने भएको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप