नक्कली भुटानी शरणार्थी प्रकरण
नक्कली शरणार्थी प्रकरण : तीन आरोपितसँग आइतबार लिइयो बयान
आइतबार, १४ जेठ २०८०, १६ : ५५
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको हिरासतमा रहेकामध्ये तीन जनाले आइतबार काठमाडौं जिल्ला अदालतमा बयान दिएका छन् । आइतबार अदालतमा सन्दीप रायमाझी, टंककुमार गुरुङ र लक्ष्मी महर्जनले बयान दिएका हुन् ।
बयानका लागि इन्द्रजित राई, टंककुमार र सन्दीपलाई लगिएको भए पनि विभिन्न कारण देखाउँदै इन्द्रजितले बयान नदिएपछि उनको ठाउँमा लक्ष्मी महर्जनको बयान लिइएको हो । जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीन जना आरोपितको बयान क्रमैसँग लिइएको हो । तीनै जनासँग बयान लिने काम सकिएको छ । इन्द्रजित राईसँग भने अब मंगलबारमात्र बयान लिइने भएको छ । सोमबार सार्वजनिक बिदा परेका कारण उनको बयान मंगलबारमात्र हुने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण