आईपीएल फाइनल : आज चेन्नई र गुजरातबीचको खेल वर्षाले रद्द भयो भने के हुन्छ ?
अहमदाबाद । आईपीएलको फाइनल खेल महेन्द्र सिंह धोनीको चेन्नई सुपर किंग्स र हार्दिक पाण्ड्याको गुजरात टाइटन्सबीच अहमदाबादमा खेलिने थियो तर अहिले त्यहाँ पानी परिरहेको छ र टस अझै भएको छैन।
वर्षाको अवरोधबारे नियम के छ ?
–यदि यो खेल भारतीय समयअनुसार राति ९ः ३५ सम्म सुरु हुन्छ भने यो खेलमा कुनै ओभर घटाइने छैन ।
–यदि यो खेल राति १२.०६ बजेसम्म सुरु हुन्छ भने २० ओभरको सट्टा ५ ओभरको खेल हुन सक्छ । त्यसपछि सुपर ओभर गर्न सकिन्छ तर त्यो पनि हुन सकेन भने खेल २९ मे सम्म सारिनेछ ।
त्यसैले आइतबार फाइनल हुन नसके सोमबार खेलाइनेछ । यसका लागि सोमबार लाई रिजर्भ डे राखिएको छ ।
आईपीएलको नियम अनुसार यस प्रतियोगिताको लिग र प्लेअफ खेलका लागि कुनै रिजर्भ डे राखिएको थिएन। वर्षाका कारण चेन्नई सुपर किंग्स र लखनउ सुपर जाइन्ट्सबीचको खेल हुन नसकेपछि दुवै टोलीले एक–एक अंक बाँडेका थिए । तर फाइनलका लागि रिजर्भ डे राखिएको छ ।
अर्कोतर्फ सोमबार पनि यो खेल हुन नसके लिग खेलको प्रदर्शनका आधारमा यो निर्णय लिइनेछ । त्यसकारण, च्याम्पियन गुजरात टाइटन्सको टोली हुनेछ किनकि उसले लिगका १४ मध्ये १० खेल जितेको छ भने चेन्नईले समान संख्यामा ८ खेल जितेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण