गणतन्त्रको १५ वर्ष : निर्वाचनमा बढ्यो महिला सहभागिता
काठमाडौँ । गणतन्त्र स्थापनाको १५ वर्षमा नीति निर्माण तथा प्रशासनिक क्षेत्रमा समावेशी प्रतिनिधित्व बढेको छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रकाशन गरेको विवरण अनुसार २०४८, २०५१ र २०५६ को संसदमा भएको महिला प्रतिनिधित्वको तुलनामा गणतन्त्रपछिको प्रतिनिधित्व उल्लेख्य रुपमा वृद्धि भएको छ ।
यस्तै संवैधानिक पदाधिकारीमा महिला र पुरुषको अनुपात ८ः९२ पुगेको छ ।
२०४९ सालमा भएको निर्वाचनमा स्थानीय तहमा ० दशमलव ६२ प्रतिशत महिला प्रतिनिधित्व भएकोमा २०५४ सालको निर्वाचनमा ११ दशमलव ७७ प्रतिशत, २०७४ सालको निर्वाचनमा ४० दशमलव ९६ प्रतिशत र २०७९ सालमा भएको निर्वाचनमा ४१ दशमलव २३ प्रतिशत महिला सहभागिता बढेको छ ।
यस्तै प्रतिनिधि सभाको निर्वाचनमा पनि महिला सहभागिता बढेको छ । २०४८ सालमा ३ दशमलव ९ प्रतिशत, २०५१ सालमा २ दशमलव ९३ प्रतिशत, २०५६ सालमा ५ दशमलव ८५ प्रतिशत, २०६४ सालमा ३२ दशमलव ७८ प्रतिशत, २०७० सालमा २९ दशमलव ४५ प्रतिशत, २०७४ साल र २०७९ सालमा पनि ३३ प्रतिशत महिला सहभागिता बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण