गणतन्त्र दिवसमा काठमाडौंका प्रजिअको ‘घरदैलो सेवा’
काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले गणतन्त्र दिवसको अवसरमा सेवाग्राहिको घरमै गएर सेवा दिएका छन् । गणतन्त्र दिवसको मुल समारोह सकिएसँगै प्रजिअ उपाध्याय नागरिकता वितरण गर्न काठमाडौंको गौरीघाटमा पुगेका छन् ।
काठमाडौँ महानगरपालिका–६ स्थित गौरिघाट नयाँबस्तीमा गएर प्रजिअले २० वर्षीया स्वेता ढकाललाई नागरिकता वितरण गरेका हुन् । स्वेता पूर्ण रुपमा अशक्त छिन् । आफ्नो घरमै आएर प्रजिअले नागरिकता दिएपछि स्वेताका बुवा ध्रुव ढकालले खुसी ब्यक्त गरे । गणतन्त्र १५ वर्ष पुरा भएको अवसरमा कार्यालयमा आउन नसक्ने सेवाग्राहीलाई घरमै पुगेर नागरिकता वितरण गरिएको काठमाडौंका प्रजिअ घनश्याम उपाध्यायले रातोपाटीलाई बताए । उनले भने–‘सेवाग्राहिमा सहज सेवाको अनुभूत गराएको हुँ ।’
सार्वजनिक विदाको दिनपनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र वितरणको सेवा दिइरहेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ५० वटा नागरिकता, १५० वटा पासपोर्ट र २ सय वटा राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । २०८० वैशाख १ बाट बिदाको दिनमा पनि कार्यालयबाट सेवा प्रवाह शुरु गरिएको प्रजिअ उपाध्यायले रातोपाटीलाई बताए । उनले भने– ‘शनिवार भन्दा बाहेकका बिदामा सेवा दिइरहेका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण