बढ्यो कृषि क्षेत्रको बजेट, ५८ अर्ब ९८ करोड विनियोजन
सोमबार, १५ जेठ २०८०, १८ : २७
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा कृषिलाई प्राथमिक्तामा राख्दै बजेट बढाएको छ । अर्थमन्त्रालयले चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि कृषि मन्त्रालयको बजेट बढाइएको हो । चालू आर्थिक वर्षका लागि कृषि क्षेत्रमा ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । जुन, आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री डा.प्रकाशसरण महतले ५८ अर्ब ९८ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन् ।
यसबाट सरकारले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रलाई थप प्राथमिक्तामा राखेको देखिएको छ । यस्तै, सरकारले आगामी आर्थिक वर्षमा पशुपन्छीको भ्याक्सिन उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको छ । यसका लागि ५ करोडभन्दा धेरै भ्याक्सिन उत्पादन गर्नका लागि बजेट समेत विनियोजन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
-
ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्य बनाइएपछि...
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण