आगामी २ वर्षभित्र शतप्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुर्याउने
काठमाडौँ । सरकारले आगामी २ वर्षभित्र शतप्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुर्याउने बताएको छ । आगामी आर्थिक वर्षका लागि सोमबार बजेट पेश गर्दै अर्थमन्त्री प्रकाशशरण महतले राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रका घरमा लघु तथा साना जलविद्युत, सौर्य तथा वायु ऊर्जा प्रविधिको विकास गरिने जानकारी गराए ।
आयातित इन्धनको परिणामलाई घटाउने गरी प्रतिव्यक्ति बिद्युत् खपत बढाई ४५० किलोवाट घण्टा पुर्याइने बताए । नेपाल विद्युत् प्राधिकरणबाट प्रवर्द्धित १११ मेगावाटको रसुवागढी, १०२ मेघावाटको मध्य भोटेकोशी, ४२।५ मेगावाटको सान्जेन तथा निजी लगानीबाट प्रवर्द्धित विद्युत् र सोलार आयोजना सम्पन्न गरी आगामी आर्थिक वर्षमा ९ सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप गर्ने जानकारी गराए ।
मन्त्री महतले आगामी आर्थिक वर्षको अन्त्यसम्म कूल विद्युत् उत्पादन ३ हजार ६ सय मेगावाट पुग्ने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
-
ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्य बनाइएपछि...
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण