विदेशस्थित कुटनीतिक नियोगको संख्या पुनरावलोकन गरिने
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले विदेशस्थित कुटनीतिक नियोगहरुको संख्या पुनरावलोकन गरिने बताएका छन्। संघीय संसदमा आर्थिक वर्ष २०८०/२०८१ को बजेट सार्वजनिक गर्नेक्रममा उनले यस्तो उद्द्घोष गरेका हुन् । उनले वैदेशिक लगानी आर्थिक कुटनीति परिचालन नेपालको स्वतन्त्रता सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय हितको रक्षा गर्दै मित्र राष्ट्रहरुको सम्बन्धलाइ थप सुदृढ तुल्याउन समानतामा आधारिक स्वतन्त्र र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गरिने बताए। महतले अन्तराष्ट्रिय क्षेत्रीय एवं उपक्षेत्रीय संगठनहरुको साझेदारी र सहकार्य प्रभावकारी बनाइने बताए। ।
उनले अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्न तथा समसामयिक विषयमा नीति निर्माण गर्न सघाउ पुर्याउने उद्देश्यले सगरमाथा संवादलाई र प्रोफेसर यदुनाथ खनाल प्रवचन श्रृङ्खला आयोजना गरिने बताए । वैदेशिक लगानी, व्यापार सहजीकरण, पर्यटन प्रवद्र्धन, विकास सहायता परिचालन र प्रविधि हस्तान्तरण जस्ता क्षेत्रमा आर्थिक कुटनीति परिचालन गर्ने जानकारी महतले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
-
ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्य बनाइएपछि...
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
-
रामेश्वरले घटाएको विष्णुको बजेट स्वर्णिमले किन बढाए ?
-
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रीहरूले लिए शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण