केपी ओलीको प्रश्न : नक्साबाट नेपाली भूमि हटाउनुस् भन्न नसक्ने प्रधानमन्त्री किन भारत जाने ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले हालै संसद्मा राखेको नक्सामा नेपाली भूमि राखेकोबारे भारतसँग कुरा गरेर हटाउन लगाउनुपर्ने बताएका छन् । राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा मंगलबार अनेमसंघले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले त्यति काम गर्न नसके भारत भ्रमणमा नगए हुने समेत बताए ।
‘नेपालको भूमि अहिले आइरहेका छ नि ! लुम्बिनी कपिलवस्तु भारतको नक्सामा पारेर संसद् भवनमा काठमा कुदेर संसद्मा राख्यो भनेर’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘मैले सुनेको छु, हो होइन, अब हटायो भने, गल्ती महसुस गर्यो भने त्यो आफ्नो ठाउँमा छ ।’
अध्यक्ष ओलीले नमुना लोकतन्त्रको कुरा गर्ने भारतीयहरूले छिमेकी देशसँग गर्ने व्यवहार नगरेको पनि बताए । ‘नेपाली भूमि अतिक्रमण गरेर, नेपालको भूमि संसद्भित्र हालेर भारतजस्तो पुरानो र नमुना लोकतन्त्र भएको भनिएको देशले यो व्यवहार गर्छ भने त्यसलाई उचित भन्न सकिँदैन’, ओलीले भने, ‘प्रधानमन्त्रीजी भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले त्यो गल्ती सच्चाउनुस्, नक्सा हटाउनुस् भनेर कुरा गर्नुपर्छ । त्यति गर्न सक्नुहुन्न भने भारत भ्रमणमा किन जाने ?’
हालै भारतको नयाँ संसद् भवनमा राखिएको मुरल (भित्ते चित्र) मा नेपाली भूमि लुम्विनी, कपिलवस्तु र विराटनगर रहेको सार्वजनिक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजाको अस्पतालमा इजरायली आक्रमण : २८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
मखन टोलको आगलागी अझै नियन्त्रणमा आएन, एक जनाको मृत्यु (तस्बिरहरू)
-
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
-
कैलाश चौधरी सुदूरपश्चिममा फेरि मन्त्री बन्ने
-
भोगचलन गरेको पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र
-
‘सकम्बरी’ मोडल कुसुम शर्माले गरिन् इन्गेजमेन्ट