बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्गेससँग म्युजिक भिडियोमा देखिइन ‘सकम्बरी’

बुधबार, १७ जेठ २०८०, १९ : १४
बुधबार, १७ जेठ २०८०

काठमाडौँ । प्रकाश सपुतको गीत  ‘सकम्बरी’ बाट चर्चा कमाएकी मोडल कुसुम शर्मा अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘इट्टा भट्टी’ बोलको गीतमा उनी दुर्गेश थापाको जोडीका रूपमा देखिएकी हुन् । 

याम थापा मगरको शब्द संगीत अनि दिपेन थापाको स्वर रहेको गीत आज सार्वजनिक गरिएको हो । मौलिकशैलीमा तयार भएको गीतको भिडियो विशाल घिमिरेले निर्देशन गरेका हुन् ।

भिडियोमा दुर्गेश र कुसुम ईंट्टाभट्टामा काम गर्ने मजदुर जोडीको रुपमा देखिएका छन् । भिडियो अनुसार ईंट्टाभट्टामा काम गर्दा एक युट्यूवरले दुर्गेशको अन्तरवार्ता लिन्छन् । र उनको गायन प्रतिभालाई युट्यूवमार्फत सबैसामु पुर्‍याउँछन् । त्यसपछि उनको जीवनले नयाँ टर्न लिन्छ । दुर्गेश ‘स्टार गायक’ बन्छन् । भिडियोमा यही कथा समेटिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप